NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Prabhu Bank’s Financial Report: Net Profit Surges by 85%
    प्रभु बैंकको वित्तीय विवरण: नाफा ८५% ले उकालो
    Investor
    2 min read
    Published on January 20, 2025
    NEPSE trading

    प्रभु बैंकको वित्तीय विवरण: नाफा ८५% ले उकालोPrabhu Bank’s Financial Report: Net Profit Surges by 85%

    प्रभु बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार, बैंकले नाफामा ठूलो फड्को मारेको छ।

    खुद नाफामा ८५% वृद्धि

    चालु आर्थिक वर्षको पुस मसान्तसम्म बैंकले १ अर्ब ३३ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत वर्षको सोही अवधिमा कमाएको ७२ करोड ८५ लाख रुपैयाँभन्दा ८५.४९% ले बढी हो। यस उल्लेखनीय वृद्धि मुख्यत: इम्पेरमेन्ट चार्जमा कमी र फि तथा कमिशन आम्दानीको वृद्धि भएको कारणले सम्भव भएको हो।

    खुद ब्याज र अन्य आम्दानीका सूचकहरूमा सुधार

    बैंकको खुद ब्याज आम्दानी गत वर्षको तुलनामा २.१२% ले वृद्धि भएर ४ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, फि तथा कमिशन आम्दानी १७.१८% ले वृद्धि भएर १ अर्ब १२ करोड रुपैयाँ पुगेको छ। बैंकको कुल सञ्चालन आम्दानीमा पनि ११.१०% को वृद्धि देखिएको छ।

    इम्पेरमेन्ट चार्ज घट्दै सञ्चालन मुनाफामा वृद्धि

    गत वर्ष १ अर्ब २५ करोड रुपैयाँ रहेको इम्पेरमेन्ट चार्ज घटेर यस वर्ष ८१ करोड ४२ लाख रुपैयाँ पुगेको छ। यसको प्रत्यक्ष प्रभाव बैंकको सञ्चालन मुनाफामा ४५.९५% को वृद्धि भएको रूपमा देखिएको छ।

    प्रतिशेयर आम्दानी र अन्य वित्तीय सूचकहरू

    बैंकको प्रतिशेयर आम्दानी (EPS) गत वर्षको ६.१२ रुपैयाँबाट बढेर ११.३५ रुपैयाँ पुगेको छ, जसले लगानीकर्ताहरूका लागि उत्साहजनक संकेत दिन्छ। बैंकको नेटवर्थ प्रति शेयर १४४ रुपैयाँ ७९ पैसा रहेको छ।

    आधार दर र क्रेडिट-डिपोजिट अनुपातमा गिरावट

    बैंकको आधार दर गत वर्षको ९.४२% बाट घटेर ७.२६% मा झरेको छ। यसले कर्जाका लागि कम लागत संकेत गर्दछ। तर, बैंकको क्रेडिट-डिपोजिट अनुपात (CD Ratio) ८१.९०% बाट ७४.९५% मा झरेको छ, जुन तुलनात्मक रूपमा सन्तुलित तर सुधारयोग्य अवस्था हो।

    प्रभु बैंकले चालु वर्षको दोस्रो त्रैमाससम्म संचालन कुशलतामा सुधार गर्दै नाफा वृद्धिको उत्कृष्ठ प्रदर्शन गरेको छ। खुद ब्याज आम्दानीमा सानो वृद्धि भएपनि अन्य आम्दानीका स्रोतहरूबाट राम्रो योगदान आएको देखिन्छ।

    हालका वित्तीय सूचकहरूले बैंकको सन्तुलित वृद्धि संकेत गरे पनि, निक्षेप र कर्जामा आएको कमीलाई दीर्घकालीन रूपमा सुधार गर्न रणनीतिक योजना आवश्यक देखिन्छ। फि तथा कमिशन आम्दानीलाई अझै बलियो बनाउन ग्राहक सेवा तथा डिजिटल बैंकिङको प्रभावकारितामा जोड दिनुपर्ने देखिन्छ।

    प्रभु बैंकको वित्तीय विवरणले लगानीकर्ताहरूलाई सकारात्मक ऊर्जा प्रदान गरेको छ। आधार दर घट्नुले कर्जाका अवसरहरू वृद्धि गर्न मद्दत गर्नेछ भने उच्च नाफा वृद्धिले शेयरधनीहरूको विश्वास अझ मजबुत बनाउनेछ।

    Prabhu Bank Limited has released its unaudited financial report for the second quarter of FY 2081/82, showcasing a significant leap in profitability.

    Net Profit Increases by 85%

    As of Poush 2081, the bank has recorded a net profit of NPR 1.34 billion, marking an impressive growth of 85.49% compared to NPR 720.34 million in the same period last year. This remarkable increase is primarily attributed to a reduction in impairment charges and a rise in fee and commission income.

    Growth in Net Interest and Other Income

    The bank's net interest income increased by 2.12%, reaching NPR 4.87 billion. Similarly, fee and commission income grew by 17.18%, totaling NPR 1.12 billion. Total operating income also saw an 11.10% growth, reflecting the bank’s effective revenue management.

    Impairment Charges Decline, Boosting Operating Profit

    The bank’s impairment charges decreased significantly from NPR 1.26 billion to NPR 814.22 million, contributing to a 45.95% increase in operating profit, which stood at NPR 2.52 billion during the review period.

    Earnings Per Share and Other Financial Indicators

    The bank's Earnings Per Share (EPS) improved from NPR 6.12 to NPR 11.35, indicating enhanced profitability for shareholders. Additionally, the net worth per share stands at NPR 144.79, further strengthening the bank’s financial position.

    Decline in Base Rate and Credit-to-Deposit Ratio

    The bank's base rate decreased from 9.42% to 7.26%, indicating lower borrowing costs for customers. However, the Credit-to-Deposit (CD) Ratio dropped from 81.90% to 74.95%, suggesting a conservative approach to lending during the period.

    Prabhu Bank has showcased outstanding operational efficiency and profitability growth in the second quarter. While the growth in net interest income was modest, other income streams such as fee and commission income significantly contributed to the improved performance.

    Despite strong financial indicators, the slight decline in deposits and loans suggests the need for strategic measures to drive growth in these critical areas. The bank could further strengthen its revenue base by focusing on digital banking services and improving customer engagement.

    Prabhu Bank's financial report provides a strong sense of optimism for its investors. The reduction in the base rate is expected to create more lending opportunities, while the sharp growth in profitability solidifies shareholder confidence in the bank’s future performance.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026