प्रिमियर स्टिल लिमिटेड
वार्षिक साधारण सभाको सूचना
प्रथम पटक प्रकाशित मिति : २०८३/०६/०७ गते
श्री शेयरधनी महानुभाव ज्यूहरु,
मिति २०८३।०६।०६ मा बसेको यस कम्पनिको संचालक समितिको बैठकको निर्णयानुसार यस कम्पनिको चौथो वार्षिक साधारण सभा निम्नलिखित मिति, स्थान र समयमा देहायका विषयहरु उपर छलफल तथा निर्णय गर्न बस्ने भएको हुँदा सम्पूर्ण शेयरधनी महानुभावहरुको जानकारी एवं उपस्थितिका लागि यो सूचना प्रेषित गरिएको छ ।
सभा हुने मिति, स्थान र समय:
मिति : २०८३ साल अशोज २८ गते बुधबार (october 14, 2026)
स्थान : कम्पनीकै रजिस्ट्रर्ड कार्यालय, विराटनगर महानगरपालिका वडा नं ६
समय: दिउसो ३:०० बजे ।
छलफलका विषयहरु
(क) साधारण प्रस्तावहरु:
- संचालक समितिको तर्फबाट अध्यक्षज्यूले प्रस्तुत गर्ने आ.व. ०८२।८३ को वार्षिक प्रतिवेदन उपर छलफल गरि उक्त प्रतिवेदन पारित गर्ने ।
- लेखा परीक्षकको प्रतिवेदन सहितको आ.व. ०८२।८३ को वासलात, नाफा नोक्सान, हिसाब र नगद प्रवाह विवरण माथि छलफल गरि पारित गर्ने ।
- आगामि आ.व. ०८३।०८४ को लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने ।
- संचालक समितिले आ.व. ०८२।८३ मा गरेका निर्णयहरु अनुमोदन गर्ने सम्बन्धमा ।
- सभाको माइन्युट प्रमाणीत गर्न प्रतिनिधी चयन गर्ने ।
- विविध ।
(क) विशेष प्रस्ताव:
- प्रारम्भिक सार्वजनिक निष्काषण सम्बन्धमा गर्नु पर्ने कार्यहरु तथा साधारण सभाबाट भएको निर्णयको कार्यान्वयनका लागि आवश्यक कुनै थप निर्णय वा कार्य गर्नका लागि संचालक समितिलाई अख्तियारी प्रदान गर्ने ।
- कम्पनीले सर्वसाधारणका लागि सार्वजनिक निष्काषण गरे पश्चात संसोधित प्रबन्ध पत्र तथा नियमावली उल्लेख भए बमोजिम हुने गरि संचालक समिति संरचना परिवर्तन गर्ने ।
- संचालक समितिको पारिश्रमिक तथा भत्ता निर्धारण गर्ने र सोहि बमोजिम नियमावलीमा आवश्यक संसोधन गर्ने ।
- नयाँ सञ्चालक समिति गठन तथा स्वतन्त्र सञ्चालकको छनोटसम्बन्धमा ।
वार्षिक साधारण सभा सम्बन्धी अन्य जानकारी
(क) वार्षिक साधारण सभाको सूचना तथा संक्षिप्त प्रतिवेदन प्रत्येक शेयरधनीलाई राष्ट्रिय दैनिक पत्रिकामार्फत् पठाईने छ । वार्षिक साधारण सभा सम्बन्धी कुनै जानकारी आवश्यक भएमा कम्पनीको कार्यालय, थापाथली ११, काठमाडौं अथवा कम्पनीको सम्पर्क कार्यालय, थापाथली ११, काठमाडौंमा सम्पर्क गर्नुहुन अनुरोध छ ।
(ख) साधारण सभामा उपस्थित हुँदा प्रवेशपत्र वा शेयर प्रमाणपत्र लिई उपस्थित हुन अनुरोध गरिन्छ ।
(ग) शेयरधनी पुस्तिका बिहान २:३० बजे देखि खुल्ला गरिनेछ ।
(घ) प्रतिनिधि (प्रोक्सी) नियुक्त गर्न चाहने शेयरधनीले प्रतिनिधि पत्र (प्रोक्सी) सभा शुरु हुनु भन्दा कम्तीमा ४८ घण्टा अगावै कम्पनीको सम्पर्क कार्यालय, सम्पर्क कार्यालय, थापाथली ११, काठमाडौंमा दर्ता गराई सक्नु पर्नेछ ।
संचालक समितिका आज्ञाले,
कम्पनि सचिव



