प्राइम बैंक डिबेञ्चर २०८३ को निष्काशन तथा बिक्री बन्द सूचनाPrime Bank Debenture 2083: Issue and Sale Closure Notice
- वर्ग:
- Bonds & Debentures
- प्रकाशित मिति:
- Published on July 7, 2026
- जारीकर्ता:
- NEPSE Trading
- पढ्ने समय:
- 1 मिनेट
१० वर्ष अवधि तथा वार्षिक ६.२५% ब्याजदर भएको “६.२५% प्राइम बैंक डिबेञ्चर २०८३” को निष्काशन तथा बिक्री बन्द बारेको सूचना
प्राइम कमर्सियल बैंक लिमिटेडको १० वर्ष अवधि तथा वार्षिक ६.२५ प्रतिशत ब्याजदर भएको “६.२५% प्राइम बैंक डिबेञ्चर २०८३” नामक प्रति ऋणपत्र अंकित मूल्य रु.१,०००/- दरको कुल २०,००,००० कित्ता ऋणपत्र मध्ये व्यक्तिगत तवर (Private Placement) बाट १८,००,००० कित्ता तथा सर्वसाधारणमा १२,००,००० कित्ता ऋणपत्र मध्ये ५ प्रतिशत अर्थात ६०,००० कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुलाई बाँडफाँड पश्चात बाँकी ११,४०,००० कित्ता ऋणपत्र मिति २०८३ अषाढ १६ गते देखि मिति २०८३ अषाढ १९ गते (छिटोमा)सम्म निष्काशन तथा बिक्री खुल्ला रहने भनिएकोमा माग बमोजिम ऋणपत्रका लागि ४ (चार) कार्यदिनसम्म सर्वसाधारण नेपालीहरुबाट आवेदन प्राप्त नभएको हुँदा नेपाली संघसंस्था वा कम्पनीहरुलाई विवरणपत्रको दफा ग(छ) इ (१) मा भएको व्यवस्था बमोजिम ढिलोमा मिति २०८३ अषाढ २० गते बन्द हुने गरि निष्काशन तथा बिक्री खुल्ला गरिएकोमा माग भन्दा अधिक संख्यामा आवेदन प्राप्त हुन आएकोले मिति २०८३ अषाढ २३ गते (बैंकिङ्ग समय पश्चात) सो ऋणपत्रका लागि आवेदन लिने कार्य बन्द गरिने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचित गर्दछौं।
यस निष्काशन कार्यमा संलग्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि-आस्बा (C-ASBA) सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुले यस सूचनालाई अधिकारीक मानी डिबेञ्चरका लागि दरखास्त बुझिलिने कार्य आज मिति २०८३ अषाढ २३ गते (बैंकिङ्ग समय पश्चात) बन्द गर्नुहुन अनुरोध गर्दछौं।
साथै, निष्काशन कार्यमा सहयोग तथा सद्भाव प्रदान गर्नुहुने सम्पूर्ण शुभेच्छुकहरु, आवेदकहरु, नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि-आस्बा (C-ASBA) सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरु, नियमन निकाय तथा सम्बन्धित सबै निकायहरुमा धन्यवाद ज्ञापन गर्दछौं।
धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक
Notice regarding the closure of issue and sale of “6.25% Prime Bank Debenture 2083” with a 10-year maturity period and annual interest rate of 6.25%
Prime Commercial Bank Limited's “6.25% Prime Bank Debenture 2083” with a 10-year maturity period and an annual interest rate of 6.25%, having a face value of Rs.१,०००/- per debenture, totaling २०,००,००० units. Out of these, १८,००,००० units were allocated through Private Placement and १२,००,००० units for the general public. After allocating 5% (i.e., ६०,००० units) to collective investment schemes, the remaining ११,४०,००० units were open for issue and sale from २०८३ Ashadh १६ to २०८३ Ashadh १९ (earliest). Although it was stated that applications would be accepted from general Nepali citizens for ४ (four) working days as per demand, due to no applications received from general Nepali citizens, and as per the provisions in section G(Ch) E(1) of the prospectus for Nepali organizations or companies, the issue and sale were closed on २०८३ Ashadh २०. Since applications were received in excess of demand, this notice is to inform all concerned that the application process for the said debenture will be closed on २०८३ Ashadh २३ (after banking hours).
All C-ASBA member banks and financial institutions and their branch offices, who have received approval from the Nepal Securities Board and are involved in this issue, are requested to consider this notice official and close the application submission for debentures today, २०८३ Ashadh २३ (after banking hours).
Also, we extend our gratitude to all well-wishers, applicants, all C-ASBA member banks and financial institutions and their branch offices who have received approval from the Nepal Securities Board, regulatory bodies, and all related entities for their cooperation and goodwill in the issuance process.
Debenture Issue and Sales Manager




