पुवा खोला-वान हाइड्रोपावरको विशेष साधारण सभा सूचनाPuwa Khola-One Hydropower: Special General Meeting Notice
- वर्ग:
- AGM/Special AGM
- प्रकाशित मिति:
- Published on June 28, 2026
- जारीकर्ता:
- NEPSE Trading
- पढ्ने समय:
- 1 मिनेट
पुवा खोला-वान हाइड्रोपावर लिमिटेड
रजिष्टर कार्यालय, अनामनगर-२९ काठमाडौँ । सम्पर्क नं. ०१-४१०२७९०
विशेष साधारण सभा सम्बन्धी सूचना
प्रथम पटक प्रकाशित मिति २०८३।०३।१३
यस पुवा खोला-वान हाइड्रोपावर लिमिटेड कम्पनीको मिति २०८३/०३/११ गते बसेको संचालक समितिको बैठकबाट निर्णय भए बमोजिम यस कम्पनीको विशेष साधारण सभामा निम्न लिखित मिति, समय र स्थानमा बसी तपसिल बमोजिमका विषय, प्रस्तावहरु उपर छलफल गर्ने भएको हुँदा सम्पूर्ण शेयरधनी सदस्य महानुभावहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
सभा हुने मिति, समय र स्थान:
मिति : २०८३।०४।०१ गते शुक्रबार ।
समय : बिहान १०:०० बजे
स्थान : का.म.न.पा.वडा नं. २९ दुर्गाभवन काठमाडौँ ।
छलफल तथा निर्णयका लागि निर्धारित विषय सूची तथा प्रस्तावहरु:
- कम्पनीको ठेगाना परिवर्तन गर्ने विशेष प्रस्ताव सम्बन्धमा।
- प्रबन्धपत्रको दफा २ र नियमावलीको नियम २ संशोधन गरी सोही अनुसार संशोधित प्रबन्ध पत्र र नियमावली तयार गरि अभिलेख राख्ने सम्बन्धमा।
- यस कम्पनीको नामको आयु मोलुङ्ग हाइड्रोपावर लिमिटेडमा रहेको १५ लाख कित्ता शेयर बिक्री गर्ने सम्बन्धमा।
- विविध।
संचालक समितिको आज्ञाले
कम्पनी सचिव
नोट: अन्य जानकारीको लागी कम्पनीको सम्पर्क नं ०१-४१०२७९०/९७६३६९९१४३ मा सम्पर्क गर्नु हुन पनि अनुरोध गरिन्छ।
Puwa Khola-One Hydropower Limited
Registered Office, Anamnagar-२९ Kathmandu. Contact No. ०१-४१०२७९०
Notice Regarding Special General Meeting
First published date: २०८३.०३.१३
As per the decision of the Board of Directors meeting of Puwa Khola-One Hydropower Limited held on २०८३/०३/११, this notice has been published for the information of all esteemed shareholders, as a Special General Meeting of this company will be held at the following date, time, and place to discuss the following subjects and proposals.
Date, Time and Place of the Meeting:
Date: Friday, २०८३.०४.०१
Time: १०:०० AM
Place: K.M.N.P. Ward No. २९ Durgabhavan, Kathmandu.
List of Subjects and Proposals for Discussion and Decision:
१. Regarding the special proposal to change the company's address.
२. Regarding the amendment of Article २ of the Memorandum of Association and Rule २ of the Articles of Association, and preparing and registering the amended Memorandum and Articles of Association accordingly.
३. Regarding the sale of १५ lakh units of shares of Ayu Molung Hydropower Limited held in the name of this company.
४. Miscellaneous.
By order of the Board of Directors
Company Secretary
Note: For other information, you are requested to contact the company at contact no. ०१-४१०२७९०/९७६३६९९१४३.




