राधी विद्युत कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन प्रक्रिया अघि बढाउन मुक्तिनाथ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।
कम्पनीले हालको चुक्ता पुँजीको ६९.८९ प्रतिशत बराबरको हकप्रद सेयर (१:०.६९८९ अनुपातमा) जारी गर्ने योजना बनाएको छ। यस अन्तर्गत १ करोड २८ लाख ५२ हजार कित्ता सेयर सर्वसाधारणलाई प्रदान गरिनेछ।
हालसम्म विद्युत् नियमन आयोगको स्वीकृति भने प्राप्त भइनसकेकोले प्रक्रिया अगाडि बढ्न बाँकी छ। स्वीकृति तथा धितोपत्र बोर्डको अनुमति प्राप्त भएपछि औपचारिक निष्कासन सुरू हुनेछ।





