राजेश मेटल क्राफ्टस लिमिटेड
केन्द्रीय/रजिष्टर्ड कार्यालय - जितपुर सिमरा उप.म.न.पा. वडा नं. ८ बारा
सम्पर्क कार्यालय - का.जि. का.म.न.पा. -११ थापाथली काठमाण्डौ
तेस्रो वार्षिक साधारण सभा सम्बन्धी सूचना
प्रथम पटक प्रकाशित मिति: २०८३/०६/०८ गते
आदरणीय शेयरधनी महानुभावहरु,
यस कम्पनीको मिति २०८३/०५/२८ मा सम्पन्न सञ्चालक समितिको ३०औं बैठकको निर्णय अनुसार यस कम्पनीको तेस्रो वार्षिक साधारण सभा निम्न विषयहरुमा छलफल तथा निर्णय गर्न देहाय बमोजिमको मिति, समय र स्थानमा सम्पन्न गर्ने भएको हुँदा सम्पूर्ण शेयरधनी महानुभावहरुको जानकारी एवम् उपस्थितीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
मिति: मिति २०८३ साल आश्विन महिना २९ गते (तदनुसार १५ अक्टोबर २०२६) विहीबार
समय: बिहान ११:०० बजे
स्थान: कम्पनीको सम्पर्क कार्यालय, का.जि. का.म.न.पा. -११ थापाथली काठमाण्डौ ।
(क) सामान्य प्रस्तावहरु :
(१) सञ्चालक समितिको प्रतिवेदन माथि छलफल गर्ने ।
(२) आ.व. २०८२/८३ को बार्षिक हिसाब तथा लेखा परीक्षकको प्रतिवेदन स्वीकृति गर्ने ।
(३) आ.व. २०८३/८४ को लागि लेखा परीक्षक नियुक्ती तथा निजको पारिश्रमिक तोक्ने ।
(४) सञ्चालक समितिले हाल सम्म गरेको सम्पूर्ण कार्यको अनुमोदन गर्ने सम्बन्धमा ।
(५) स्वतन्त्र सञ्चालकको नियुक्तीको अनुमोदन गर्ने सम्बन्धमा ।
(६) कम्पनी सचिवको नियुक्तीको अनुमोदन गर्ने सम्बन्धमा ।
(ख) विशेष प्रस्तावहरु:
(क) आ.व. २०८२/८३ को सीमा भन्दा बढीको चन्दा अनुमोदन गर्ने सम्बन्धमा ।
(ख) चुक्ता पूँजी र संचित मुनाफाको जम्मा रकम भन्दा बढी ऋण लिएको सम्बन्धमा ।
(ग) प्रारम्भिक सार्वजनिक निष्काशनको विधि परिवर्तन सम्बन्धमा सञ्चालक समितिको निर्णय अनुमोदन गर्ने सम्बन्धमा ।
(घ) प्रारम्भिक सार्वजनिक निष्काशनबाट प्राप्त हुने कूल रकमको प्रयोग सम्बन्धमा ।
(ङ) अख्तियारी प्रदान गर्ने सम्बन्धमा ।
(ग) विविध ।
सञ्चालक समितिको आज्ञाले
कम्पनी सचिव



