मिति : आश्विन १२, २०८३
श्री नेपाल स्टक एक्सचेन्ज लिमिटेड,
सिंहदरवार, काठमाण्डौ ।
विषय : विशेष साधारण सभा सम्बन्धमा ।
महोदय,
उपरोक्त सम्बन्धमा यस कम्पनीको मिति आश्विन १२, २०८३ गते सोमबार दिउँसोको ४:३० बजे बसेको संचालक समितिको बैठकको निर्णय अनुसार कम्पनीको विशेष साधारण सभा मिति आश्विन २८, २०८३ (अक्टोवर १४, २०२६) गते बुधवार विहानको ९:०० बजे हिमशिखर पार्टी भेन्यू, चापागाउँ, ललितपुरमा हुने निर्णय भएको जानकारी गराउँदछौं । साथै उक्त विशेष साधारण सभामा पेश गरिने प्रस्तावहरु निम्न बमोजिम रहेका छन् ।
क) विशेष प्रस्तावहरु
१) जारी पूँजी संशोधन सहित कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने ।
२) कम्पनीको चुक्ता पूँजीको १:०.२५१४११ अनुपातमा हुन आउने रकम रु. ३०,८१,२६,२००/- बराबरको ३०,८१,२६२ कित्ता (विद्युत नियमन आयोगबाट रु. ३०,८१,२६,२४५.३४/- रकम बराबरको ३०,८१,२६२ कित्ता हकप्रद शेयर निष्काशन गर्नका लागि स्वीकृति दिए पनि दशमलव शेयर संख्या आउने हुँदा नजिकको अंकमा परिवर्तन गरी हुने रकम रु. ३०,८१,२६,२००/-) हकप्रद शेयर निष्काशन गर्ने बारे ।
३) हकप्रद शेयर निष्काशनको सम्बन्धमा नियमनकारी निकायको निर्देशन र सुझाव अनुसारको कुनै कार्यहरु (प्रबन्धपत्र तथा नियमावलीको हेरफेर, परिमार्जन, संशोधन, समायोजन वा थपघट समेत) गर्नु परेमा वा हकप्रद शेयर निष्काशनका क्रममा कुनै बाधा अड्चन परेमा सो फुकाउनका लागि संचालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गर्ने ।
२) विविध
साथै उक्त विशेष साधारण सभा प्रयोजनको लागि कम्पनीको शेयरधनी दर्ता पुस्तिका तथा शेयर दाखिला खारेजीको कार्य मिति आश्विन २०, २०८३ गते एक दिन बन्द रहने छ । शेयरधनी पुस्तिका बन्द भएको अघिल्लो दिन मिति आश्विन १९, २०८३ सम्म नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा कारोवार भई सात (७) कार्य दिन भित्र दाखिल खारेजको लागी प्राप्त शेयरहरुबाट कायम रहेका शेयरधनीहरु विशेष साधारण सभामा भाग लिनको लागि योग्य हुनेछन् ।
भवदीय,
सरिता पाण्डे
प्रशासन
बोधार्थ
श्री नेपाल धितोपत्र बोर्ड,खुमलटार, ललितपुर ।
श्री सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड, पुतलीसडक, काठमाण्डौ ।
श्री विद्युत नियमन आयोग, सानो गौचरण, काठमाण्डौ ।
Ref. No: RHGCL/EL/13/083/84
मिति : आश्विन १२, २०८३
श्री नेपाल स्टक एक्सचेञ्ज लिमिटेड,
सिंहदरवार, काठमाण्डौ ।
विषय : विशेष साधारण सभा र BOOK CLOSE सम्बन्धमा ।
महोदय,
उपरोक्त सम्बन्धमा यस कम्पनीको मिति आश्विन १२, २०८३ गते सोमबार दिउँसोको ४:३० बजे बसेको संचालक समितिको बैठकको निर्णय अनुसार कम्पनीको विशेष साधारण सभा मिति आश्विन २८, २०८३ (अक्टोबर १४, २०२६) गते बुधबार बिहानको ९:०० बजे हिमशिखर पार्टी भेन्यू, चापागाउँ, ललितपुरमा हुने निर्णय भएको जानकारी गराउँदछौं । साथै उक्त विशेष साधारण सभा प्रयोजनको लागी कम्पनीको शेयरधनी दर्ता पुस्तिका तथा शेयर दाखिला खारेजीको कार्य मिति आश्विन २०, २०८३ गते एक दिनका लागी बन्द रहने छ । शेयरधनी पुस्तिका बन्द भएको अघिल्लो दिन मिति आश्विन १९, २०८३ सम्म नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा कारोबार भई सात (७) कार्य दिन भित्र दाखिल खारेजको लागी प्राप्त शेयरहरुबाट कायम रहने शेयरधनीहरु विशेष साधारण सभामा भाग लिनको लागी योग्य हुनेछन् ।
भवदीय,
सरिता पाण्डे
प्रशासन



