
आरबिबि फोकस ४०: दश रुपैयाँमा करोडौं सपनाको शुरुआतRBB Focus 40: Turning Ten Rupees into a Billion Dreams
आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले आफ्नो व्यवस्थापनमा सञ्चालन हुने नयाँ सामूहिक लगानी कोष “आरबिबि फोकस ४०” भदौ १८ गतेदेखि सर्वसाधारणका लागि सार्वजनिक निष्काशनमा ल्याउने भएको छ। प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरका १० करोड इकाई निष्काशन हुनेछन्।
यसमा कोष प्रवर्द्धक राष्ट्रिय वाणिज्य बैंकका लागि न्यूनतम १४ प्रतिशत र योजना व्यवस्थापक आरबिबि मर्चेन्ट बैंकिङ्गका लागि न्यूनतम १ प्रतिशत इकाई सुरक्षित गरिएको छ। बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ। लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सक्ने व्यवस्था छ। निष्काशन छिटोमा भदौ २२ गते बन्द हुनेछ भने सबै इकाई बिक्री नभए असोज १ गतेसम्म लम्बिन सक्छ।
१२ वर्ष अवधिको यो योजनामा लगानीकर्ताले सिआस्बा सेवा उपलब्ध गराउने सम्पूर्ण बैंक तथा वित्तीय संस्था, शाखा कार्यालय वा “मेरो शेयर” प्रणालीमार्फत आवेदन दिन सक्नेछन्। यस फण्डलाई केयर रेटिङ नेपालले CARE NP A+ Issuer Rating र इक्रा नेपालले ICRA NP AMC Quality 3 Rating प्रदान गरेको छ।
कोषले उच्च प्रतिफल दिने सम्भाव्य ४० कम्पनीको शेयरमा प्राथमिक लगानी गर्ने लक्ष्य राखेको छ। तर बजार परिस्थिति अनुसार ४० भन्दा बढी कम्पनीमा पनि लगानी गर्न सकिने छ। यसले दीर्घकालीन दृष्टिकोणमा लगानीकर्तालाई आकर्षक प्रतिफल दिने अपेक्षा गरिएको छ।
RBB Merchant Banking Limited is set to launch its new mutual fund scheme, “RBB Focus 40”, under its management, opening for public issuance from September 3 (Bhadra 18). The fund will issue 100 million units worth NPR 1 billion at a face value of NPR 10 per unit.
Out of the total, a minimum of 14% units are reserved for the promoter Rastriya Banijya Bank, and at least 1% for the fund manager, RBB Merchant Banking. The remaining 85 million units will be available to the public. Investors can apply for a minimum of 100 units and a maximum of 10 million units. The issue will close on September 7 (Bhadra 22) at the earliest, but may be extended to September 17 (Ashoj 1) if not fully subscribed.
The scheme, with a tenure of 12 years, allows investors to apply via all banks and financial institutions providing C-ASBA services and through the Mero Share online platform. The fund has received CARE NP A+ Issuer Rating from CARE Ratings Nepal and ICRA NP AMC Quality 3 Rating from ICRA Nepal.
The scheme will primarily invest in 40 fundamentally strong companies listed on NEPSE, aiming to deliver maximum returns. However, depending on market conditions, it can also invest in more than 40 companies. This makes the fund a promising option for long-term investors seeking consistent returns.




