रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेडको
पाँचौ वार्षिक साधारण सभा सम्बन्धी सूचना
श्री शेयरधनी महानुभावहरु,
यस कम्पनीको मिति २०८३/०५/२९ गतेको दिन बसेको सञ्चालक समितिको ७० औं बैठकको निर्णयानुसार पाँचौं वार्षिक साधारण सभा निम्न मिति, समय तथा स्थानमा देहायका विषयहरु उपर छलफल तथा निर्णय गर्न बस्ने भएको हुँदा शेयरधनी महानुभावहरुको जानकारीका लागि कम्पनी ऐन, २०६३ को दफा ७७(३) बमोजिम यो सूचना प्रकाशित गरिएको छ ।
सभा हुने मिति, समय र स्थान:
मिति : २०८३/०६/३० गते (तद्नुसार १६ अक्टोवर, २०२६)
समय : अपरान्ह १:०० बजे ।
स्थान : रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेडको कार्यालय, बालुवाटार, काठमाण्डौ ।
छलफलका विषयहरु:
क) सामान्य प्रस्तावहरु:
१) आर्थिक वर्ष २०८२/०८३ को सञ्चालक समितिको पाँचौं वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।
२) लेखापरीक्षकको प्रतिवेदन सहितको २०८३ आषाढ मसान्त सम्मको Statement of Financial Position, Statement of Cash Flow, Statement of Changes in Equity, २०८२ श्रावण १ गतेबाट २०८३ आषाढ मसान्त सम्मको Nepal Financial Reporting Standard (NFRS) अनुसारको Statement of Profit and Loss and consolidated statement of other comprehensive Income तथा संलग्न अनुसुचिहरु उपर छलफल गरी पारीत गर्ने ।
३) कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०८३/०८४ को लेखापरीक्षण गर्नका लागि लेखापरीक्षण समितिबाट समेत सिफारिस गरिएका लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने (हालका लेखापरीक्षक श्री URP & Associates, Chartered Accountants पुनः नियुक्तिको लागि योग्य हुनुहुन्छ) ।
४) सञ्चालकहरुको नियुक्ती सम्बन्धमा ।
५) सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम रहेको चुक्ता पुँजीको ५ प्रतिशतले (कर सहित) हुन आउन नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने ।
६) विविध ।
सञ्चालक समितिको आज्ञाले
कम्पनी सचिव



