५ औं वार्षिक साधारण सभाको सम्बन्धी सूचना
प्रथम पटक प्रकाशित मिति २०८३/०६/१५
श्री शेयरधनी महानुभावहरु,
मिति २०८३/०६/१४ मा बसेको यस कम्पनीको सञ्चालक समितिको १२२ औं बैठकको निर्णयानुसार कम्पनीको ५ औं वार्षिक साधारण सभा निम्न मिति, समय र स्थानमा निम्न विषयहरुमा छलफल तथा निर्णय गर्न बस्ने भएको हुँदा सम्पूर्ण शेयरधनी महानुभावहरुको उपस्थितिको लागि यो सूचना प्रकाशन गरिएको छ ।
सभा बस्ने मिति, समय र स्थान :
मिति: २०८३ साल कार्तिक महिना १७ गते (तदनुसार सन् २०२६ नोभेम्बर ३) मंगलवार ।
समय: बिहान १०:०० बजे ।
स्थान: ललितपुर जिल्ला, ललितपुर महानगरपालिका वडा नं. १ स्थित कुपण्डोल ब्याङ्क्वेट प्राइभेट लिमिटेड ।
छलफल तथा निर्णयका लागि निर्धारित विषयसूची :
क) सामान्य प्रस्ताव:
(१) आर्थिक वर्ष २०८२/०८३ को सञ्चालक समितिको प्रतिवेदन बारे ।
(२) लेखापरीक्षकको प्रतिवेदन सहित २०८३ आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त आर्थिक वर्ष २०८२/०८३ को नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु बारे ।
(३) कम्पनी ऐन २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०८३/०८४ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने बारे ।
(४) सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम लाभांश रकम रु. १२,४७,३६,८४२.११/- (अक्षरेपी बाह्र करोड सतचालीस लाख छत्तीस हजार आठ सय बयालीस रुपैयाँ एघार पैसा) (कर सहित) नगद लाभांश स्वीकृत गर्ने बारे ।
(५) सहायक कम्पनी संस्थापना गर्नका लागि सञ्चालक समितिको १२१ औं बैठकबाट भएको निर्णय अनुमोदन गर्ने बारे ।
(६) सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने १ (एक) जना सञ्चालकको निर्वाचन गर्ने बारे ।
(ख) विशेष प्रस्ताव:
(१) आर्थिक वर्ष २०८२/०८३ मा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भएको खर्चको अनुमोदन गर्ने बारे ।
(२) अर्थपूर्ण कारोबार र सोमा भएको खर्च अनुमोदन गर्ने बारे ।
(३) दूधपोखरी चेपे हाईड्रोपावर लिमिटेडको ऋण कर्जाका लागि राष्ट्रिय वाणिज्य बैंक लिमिटेडमा दिईएको संस्थागत जमानत अनुमोदन गर्ने बारे ।
(४) मैवा खोला जलविद्युत आयोजना (१२.५०४ मेगावाट) को विद्युत उत्पादनको सर्वेक्षण अनुमतिपत्र हस्तान्तरण वा बिक्री गर्ने बारे ।
(ग) विविध ।
सञ्चालक समितिको आज्ञाले



