श्री नेपाल धितोपत्र बोर्डको मिति २०८०/०७/२०, च.नं १११५ को पत्रबाट निर्देशन भए बमोजिम यस कम्पनीको जारी पूँजी रु १,१९,५०,००,०००/- (एक अर्ब उन्नाइस करोड पचास लाख) मध्ये २२ प्रतिशत २६,०७,००० (छब्बीस लाख सात हजार) कित्ता साधारण शेयर सर्वसाधारणको लागि निष्काशन गरिएकोमा आयोजना प्रभावितहरुका लागि छुट्याईएको शेयर बाँडफाँड गरे पश्चात जारी पूँजीको १२ प्रतिशत अर्थात रु. १४,२२,००,०००/- (चौध करोड बाइस लाख) रकम बराबरको प्रति कित्ताले हुन आउने कूल १४,२२,००० कित्ता साधारण शेयर मध्येबाट ५ प्रतिशतले हुन आउने तपसिलमा उल्लेखित सामुहिक लगानी कोषको स्वामित्वमा रहेको शेयरको बाँडफाँड गरिएको मितिले ६ (छ) महिना लक इन (Lock In) अवधि अर्थात २०८२/११/१४ देखि २०८३/०५/१३ गते सम्म राखिएको तथा सो पश्चात लकईन अवधि समाप्त हुने हुँदा नियामक निकायहरु लगायत सम्पूर्ण सरोकारवालाहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
क्र.स. शेयर विवरण लक इनमा रहेका कुल शेयर संख्या कैफियत
१ सामुहिक लगानी कोषको स्वामित्वमा रहेको ७१,१०० -
As per the directive from Nepal Securities Board dated २०८०/०७/२०, letter no. १११५, out of the company's issued capital of रु १,१९,५०,००,०००/- (One Billion Nineteen Crore Fifty Lakhs), २२ percent, i.e., २६,०७,००० (Twenty-six Lakh Seven Thousand) ordinary shares were issued to the general public. After the allotment of shares reserved for project-affected individuals, which amounts to १२ percent of the issued capital, i.e., रु. १४,२२,००,०००/- (Fourteen Crore Twenty-two Lakhs), corresponding to a total of १४,२२,००० ordinary shares, ५ percent of these shares, owned by the collective investment fund mentioned in the table below, were subject to a ६ (six) month lock-in period from the date of allotment. This lock-in period is from २०८२/११/१४ to २०८३/०५/१३. Since the lock-in period will expire thereafter, this notice has been published for the information of regulatory bodies and all concerned stakeholders.
S.N. Share Details Total Shares in Lock-in Remarks
१ Owned by Collective Investment Fund ७१,१०० -