सानिगाड हाइड्रोको IPO आवेदन अवधि परिवर्तन सम्बन्धी सूचनाSanigad Hydro IPO Application Period Change Notice
- वर्ग:
- IPO/FPO News
- प्रकाशित मिति:
- Updated on May 29, 2026
- जारीकर्ता:
- NEPSE Trading
- पढ्ने समय:
- 1 मिनेट
साधारण शेयर निष्काशन सम्बन्धी अत्यन्त जरुरी सूचना
लक्ष्मी सनराइज क्यापिटल लि.को निष्काशन तथा बिक्री प्रवन्धकत्वमा सानिगाड हाइड्रोपावर लि.को प्रारम्भिक सार्वजनिक निष्काशनमा सिडिएस एण्ड क्लियरिङ्ग लि.को सि-आस्वा प्रणाली मार्फत यही मिति २०८३/०२/१४ गतेदेखि आवेदन दिन पाउने गरी निष्काशन तथा बिक्री खुल्ला गरिने सम्बन्धी सूचना मिति २०८३/०२/०५ गतेको नेपाल समाचारपत्र राष्ट्रिय दैनिकमा प्रकाशित गरिएकोमा मिति २०८२/११/१८ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार इस्लाम धर्मावलम्बीहरुको पर्व बकर ईद (ईद-उल-अज्जा) का दिन सार्वजनिक विदा दिने व्यवस्था रहेकोमा मिति २०८३ जेठ १४ गते बकर ईद (ईद-उल-अज्जा) पर्न गएकोले नेपाल सरकार गृह मन्त्रालयले सार्वजनिक विदा दिने निर्णय भए बमोजिम यस कम्पनीको सर्वसाधारणका लागि साधारण शेयरको निष्काशन तथा बिक्री खुल्ला अवधि मिति २०८३/०२/१८ गते देखि छिटोमा मिति २०८३/०२/२१ गते (बैंकिङ्ग समय) सम्म र ढिलोमा मिति २०८३/०२/२८ गते (बैंकिङ्ग समय) सम्म रहने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक
LS CAPITAL
लक्ष्मी सनराइज क्यापिटल लिमिटेड
Extremely Urgent Notice Regarding Ordinary Share Issuance
Regarding the initial public offering of Sanigad Hydropower Ltd., managed by Laxmi Sunrise Capital Ltd. as issue and sales manager, an announcement was published in the Nepal Samacharpatra National Daily on २०८३/०२/०५ stating that applications could be submitted through the CDS and Clearing Ltd.'s C-ASBA system starting from २०८३/०२/१४. However, as per the notice published in the Nepal Gazette on २०८२/११/१८, the festival of Bakar Eid (Eid-ul-Adha) for followers of Islam is a public holiday. Since Bakar Eid (Eid-ul-Adha) falls on २०८३ Jestha १४, and the Government of Nepal's Ministry of Home Affairs has decided to grant a public holiday on that day, the issuance and sale period for the ordinary shares of this company for the general public will now be from २०८३/०२/१८ (earliest) to २०८३/०२/२१ (banking hours) and (latest) to २०८३/०२/२८ (banking hours). This notice has been published for the information of all concerned.
Issue and Sales Manager
LS CAPITAL
Laxmi Sunrise Capital Limited




