साधारण शेयरको निष्काशन तथा बिक्री खुल्ला सम्बन्धी सूचना
सानिगाड हाइड्रो लिमिटेडले आफ्नो जारी पूँजी रु.२,८५,००,००,०००/- (अक्षरुपी दुई अर्ब पचासी करोड मात्र) को ३०% अर्थात ८५,५०,००० कित्ता साधारण शेयर सर्वसाधारणहरुको लागि छुट्याइएको मध्ये जारी पूँजीको १०% अर्थात रु.२८,५०,००,०००/- रकम बराबरको रु.१००/- अंकित दरका २८,५०,००० कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्र स्थानीय बासिन्दाहरुलाई बाँडफाँट गरी बाँकी जारी पूँजीको २०% अर्थात रु.५७,००,००,०००/- रकम बराबरको रु.१००/- अंकित दरका ५७,००,००० कित्ता शेयर साधारण शेयर मध्ये १०% अर्थात ५,७०,००० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई, २% अर्थात १,१४,००० कित्ता निष्काशनकर्ता कम्पनीका कर्मचारीहरुलाई र ५% अर्थात २,८५,००० कित्ता सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरेपश्चात बाँकी ४८,८१,००० कित्ता साधारण शेयर सर्वसाधारणहरुको लागि आज मिति २०८३ जेठ १८ गते सोमबारदेखि निष्काशन तथा बिक्री खुल्ला गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि सूचित गरिन्छ ।
दरखास्त दिनुपर्ने न्यूनतम कित्ता : १० कित्ता
दरखास्त दिन पाउने अधिकतम कित्ता : २०,००० कित्ता
दरखास्तसाथ भुक्तानी गर्नुपर्ने रु. १००/- प्रति शेयरको दरले
सि.नं. विवरणपत्र प्राप्त गर्ने स्थानको नाम र ठेगाना
- लक्ष्मी सनराइज क्यापिटल लिमिटेड, बानेश्वर, काठमाण्डौ र वेबसाइट : www.lscapital.com.np
- सानिगाड हाइड्रो लिमिटेड, धोविघाट, ललितपुर र वेबसाइट : www.sanigadhydro.com.np
- सानिगाड हाइड्रो लिमिटेडको आयोजना स्थल, बझाङ जिल्ला, बुंगल नगरपालिका
साथै नेपाल धितोपत्र बोर्डको वेब साइट: www.sebon.gov.np बाट समेत यस निष्काशनको स्वीकृत विवरणपत्र हेर्न सकिनेछ ।
सर्वसाधारण शेयरधनीहरुको हकमा : सर्वसाधारणको लागि नेपाल धितोपत्र बोर्डबाट सि–आस्बा (C-ASBA) सदस्यता प्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु ।
साधारण शेयरको बिक्री खुल्ला अवधि:
निष्काशन खुल्ला मिति : २०८३/०२/१८ गते
निष्काशन बन्द हुने मिति (छिटोमा) : २०८३/०२/२१ गते (बैंकिङ्ग समय पश्चात)
निष्काशन बन्द हुने मिति (ढिलोमा) : २०८३/०३/०१ गते (बैंकिङ्ग समय पश्चात)
कम्पनीको संक्षिप्त वित्तीय विवरण :
विवरण आ.व. आ.व. आ.व. अपरिष्कृत प्रक्षेपित
२०७१/०८० २०८०/०८१ २०८१/०८२ पौष मसान्त आ.व. आ.व. आ.व.
२०८२ २०८२/०८३ २०८३/०८४ २०८४/०८५
| प्रति शेयर नेटवर्थ (रु.) | १२४.१८ | १०१.५८ | १०१.५७ | ११३.२२ | ११४.११ | १२१.६३ | १३०.७३ |
| प्रति शेयर आम्दानी (रु.) | (१.७१) | (१४.१०) | २.८० | ८.६५ | १०.९९ | ७.४४ | ९.१० |
| संचित नाफा/नोक्सान (रु हजारमा) | ३१,४४४.०० | ३१,६०३.०० | ३१,२४६.०० | २६३,७५८.०० | ४०४,४७८.०० | ६१६,४८०.०० | ८७५,७४३.०० |
सानिगाड हाइड्रो लिमिटेड (३८.४४ मे.वा.)
विद्युत उत्पादन अनुमतिको बाँकी अवधि : २५.३ वर्ष
डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि १४.६९ वर्ष
विद्युत उत्पादन अनुमतिको प्राप्त मिति : २०७२/१२/१४
विद्युत उत्पादनको कूल लागत : रु. ८६८.७० करोड
साधारण लगानी फिर्ता हुने अवधि : ८.२५ वर्ष
प्रति मेगावाट लागत : रु. २२.५८ करोड
विद्युत उत्पादन अनुमतिको बहाल रहने मिति : २१०७/१२/१३
क्रेडिट रेटिङ्ग सम्बन्धी व्यवस्था :
यस विवरणपत्र अनुसार सार्वजनिक रुपमा निष्काशन गर्न लागिएको साधारण शेयरको लागि “क्रेडिट रेटिङ्ग नियमावली, २०६८” को नियम ३ मा भएको व्यवस्था बमोजिम नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त क्रेडिट रेटिङ्ग संस्था इक्रा नेपाल लिमिटेड (ICRA Nepal Ltd.) डिल्लीबजार, काठमाण्डौबाट क्रेडिट रेटिङ्ग गराई मिति २०८२ पौष ३० गते "[ICRANP-IR] BB-" reaffirmed [ICRA NP Issuer Rating BB-] को प्रमाणपत्र प्राप्त गरेको छ । "ICRA NEPAL Issuer Rating BB-" ले कम्पनीको वित्तीय दायित्वको समयमै सेवा गर्ने सम्बन्धमा पूर्व निर्धारित मध्यम जोखिम रहेको (Moderate risk of default regarding timely servicing of financial obligations) भन्ने बुझिन्छ । इक्रा नेपाल लिमिटेडले [ICRANP-IR] AAA देखि [ICRANP-IR] D सम्मको रेटिङ्ग प्रदान गर्दछ जसमा [ICRANP-IR] AAA ले बलियो आधार जनाउँदछ र [ICRANP-IR] D ले कमजोर आधार जनाउँदछ । रेटिङ्ग संकेत पछाडि रहने + (जोड) वा - (घटाउ) चिन्हले सम्बन्धित रेटिङ्ग वर्ग भित्रको तुलनात्मक स्थितिलाई जनाउँदछ ।
सो रेटिङ्गको बैधता अवधि एक वर्ष अर्थात २०८३ पौष २४ गते (January 08, 2027) सम्म रहनेछ ।
लगानीकर्ताले धितोपत्रको सार्वजनिक निष्काशनमा लिखित वा विद्युतीय माध्यमबाट आवेदन दिँदा अनिवार्य रुपमा उक्त निष्काशनको लागि तयार गरेको विवरणपत्र पढी आफ्नो स्वविवेकले दरखास्त दिनुहुन अनुरोध गर्दछौं ।




