सर्वसाधारणहरुको लागि निष्काशन गरिएको साधारण शेयरको बाँडफाँड सम्बन्धी सूचना
सानिगाड हाइड्रो लिमिटेडले आफ्नो जारी पूँजी रु.२,८५,००,००,०००/- (अक्षेरुपी दुई अर्ब पचासी करोड मात्र) को ३०% अर्थात ८५,५०,००० कित्ता साधारण शेयर सर्वसाधारणहरुको लागि छुट्टयाएको मध्ये जारी पूँजीको १०% अर्थात रु.२८,५०,००,०००/- रकम बराबरको रु.१००/- अंकित दरका २,८५,००० कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्र स्थानीय बासिन्दाहरुलाई बाँडफाँड गरी बाँकी जारी पूँजीको २०% अर्थात रु.५७,००,००,०००/- रकम बराबरको रु.१००/- अंकित दरका ५,७०,००० कित्ता साधारण शेयर मध्ये १% अर्थात ५,७०,००० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई, २% अर्थात १,१४,००० कित्ता निष्काशनकर्ता कम्पनीका कर्मचारीहरुलाई र ५% अर्थात २,८५,००० कित्ता साधारण शेयर सामूहिक लगानी कोषहरुको लागि बाँडफाँड गरेपश्चात बाँकी ४६,७१,००० कित्ता साधारण शेयर सर्वसाधारणहरुको लागि मिति २०८३ जेठ १८ गते सोमबारदेखि मिति २०८३ जेठ २२ गते विहीबारसम्म लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रवन्धकत्वमा सार्वजनिक निष्काशन तथा बिक्री गरिएकोमा उक्त अवधिभर प्राप्त हुन आएको रितपूर्वक आवेदन दिने आवेदकहरु मध्ये ४,६७,१०० जना आवेदकहरुलाई ४६,७१,००० कित्ता शेयर धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम मिति २०८३ असार ०१ गते सोमबार बाँडफाँड गरिएको व्यहोरा सम्बन्धी सबैको लागि सूचित गर्दछौँ।
साथै यस निष्काशन कार्यमा सहयोग तथा सद्भाव प्रदान गर्नुहुने सम्पूर्ण शुभेच्छुकहरु, लगानीकर्ता आवेदकहरु, सि-आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज लि., सिडिएस एण्ड क्लियरिङ्ग लि., प्रत्याभुतिकर्ता, सञ्चारमाध्यमहरु तथा सम्बन्धित सबै निकायहरुमा धन्यवाद तथा हार्दिक कृतज्ञता ज्ञापन गर्दछौँ।
बाँडफाँडमा परेका शेयरहरुको विवरण धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडको Website: www.lscapital.com.np अथवा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट सञ्चालित Website: iporesult.cdsc.com.np/meroshare.cdsc.com.np बाट हेर्न सकिने व्यहोरा समेत जानकारी गराउँदछौँ।




