सानिमा बैंक लिमिटेडको संस्थापक शेयर खरीद गर्न चाहनु हुने संस्थापक शेयरधनीहरूका लागि प्रकाशित ३५ दिने सूचना
यस बैंकका संस्थापक शेयरधनी श्री सुधिर कुमार अग्रवालले आफ्ना नाममा कायम रहेको ६०,००० (साठी हजार) कित्ता संस्थापक शेयरहरु प्रति शेयर न्यूनतम मूल्य रू. १२५|- (एकसय पच्चिस) का दरले बिक्री गर्न पाँउ भनि बैंक समक्ष निवेदन गरेको हुँदा नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन अनुसार उक्त संस्थापक शेयर खरीद गर्ने पहिलो हक संस्थापक शेयरधनीहरुको भएको हुँदा विद्यमान संस्थापक शेयरधनीहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। यदि कुनै संस्थापक शेयरधनीले उक्त शेयर खरीद गरी लिने भएमा यो सूचना प्रकाशित भएको मितिले ३५ (पैंतीस) दिन भित्र आवश्यक कागजातहरु संलग्न गरी बैंकको केन्द्रीय कार्यालय, नारायणचौर नक्साल, काठमाडौँमा सम्पर्क राखी आफूले खरीद गर्ने शेयर संख्या तथा मूल्य खुलाई निवेदन गर्नु हुन सूचित गरिन्छ। तोकिएको उक्त म्याद भित्र विद्यमान संस्थापक शेयरधनीहरुको निवेदन पेश हुन नआएमा प्रचलित नियमानुसार संस्थापक भन्दा बाहिरका अन्य व्यक्ति/संस्थालाई बिक्री गर्न आवश्यक कारबाही अघि बढाइने व्यहोरा समेत सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
35-Day Notice Published for Promoter Shareholders Wishing to Purchase Promoter Shares of Sanima Bank Limited
Since the Bank's promoter shareholder Mr. Sudhir Kumar Agrawal has submitted an application to the Bank requesting permission to sell ६०,००० (Sixty thousand) promoter shares held in his name at a minimum price of Rs. १२५|- (One hundred twenty-five) per share, as per the directives issued by Nepal Rastra Bank, the first right to purchase the said promoter shares belongs to the promoter shareholders; hence, this notice is published for the information of existing promoter shareholders. If any promoter shareholder wishes to purchase the said shares, they are informed to submit an application specifying the number of shares and price they intend to purchase, attaching the necessary documents, by contacting the Bank's Head Office, Narayanchaur Naxal, Kathmandu within ३५ (Thirty-five) days from the date of publication of this notice. If no application is received from the existing promoter shareholders within the specified deadline, this notice is also published to inform all concerned that necessary action will be initiated to sell to other individuals/institutions outside the promoters in accordance with prevailing rules.