·

सान्भि इनर्जी लिमिटेडको आइपीओ स्थानीय र वैदेशिक रोजगारीका नेपालीका लागि खुला

Author

Nepse trading

सान्भि इनर्जी लिमिटेडको आइपीओ स्थानीय र वैदेशिक रोजगारीका नेपालीका लागि खुला

सान्भि इनर्जी लिमिटेडको आइपीओ स्थानीय र वैदेशिक रोजगारीका नेपालीका लागि खुला

सान्भि इनर्जी लिमिटेडले वैशाख ५ गतेदेखि आयोजना प्रभावित इलामका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ बिक्री खुला गरेको छ। कम्पनीले ८ करोड ८० लाख रुपैयाँ बराबरको ८ लाख ८० हजार कित्ता सेयर स्थानीयलाई र २ लाख ९१ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्कासन गरेको हो। स्थानीयले न्यूनतम १० र वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम २० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।

आवेदन अवधि स्थानीयका लागि छिटोमा वैशाख १९ गते र ढिलोमा जेठ ३ गतेसम्म र वैदेशिक रोजगारीका नेपालीका लागि वैशाख १९ गतेसम्म हुनेछ। केयर रेटिङ्स नेपालले सान्भि इनर्जीलाई ‘केयर एनपी डबल बी प्लस’ रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन क्षमतामा औसत जोखिम रहेको देखाउँछ।

Related News