सर्वसाधारणहरुको लागि निष्काशन गरिएको साधारण शेयरको बाँडफाँट सम्बन्धी सूचना
सर्वोत्तम पेन्ट्स ईण्डष्ट्रिज लिमिटेडले आफ्नो जारी पूँजी रु.३४,००,००,०००/- (अक्षरेपी चौतीस करोड मात्र) को २५ प्रतिशत अर्थात रु.८,५०,००,०००/- रकम बराबरको प्रति शेयर अंकित मूल्य रु.१००/- दरको ८,५०,००० कित्ता साधारण शेयरको १० प्रतिशतले हुने ८५,००० कित्ता शेयर बराबरको रकम रु.८५,००,०००/- नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहिरहेका नेपाली नागरिकहरुको लागि २५% अर्थात ४२,५०० कित्ता साधारण शेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरेपश्चात् बाँकी ७,०५,५०० कित्ता (कर्मचारीहरुको लागि छुट्याइएको १७,००० कित्ता बाहेक) साधारण शेयरहरु सर्वसाधारणका लागि मिति २०८३ जेठ २८ गते विहीबारदेखि मिति २०८३ असार ०२ गते मंगलबारसम्म ग्लोबल आइएमई क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा सार्वजनिक निष्काशन तथा बिक्री गरिएकोमा उक्त अवधिभर प्राप्त हुन आएको रितपूर्वक आवेदन दिनुहुने आवेदकहरु मध्ये ७०,५५० जना आवेदकहरुलाई ७,०५,५०० कित्ता शेयर धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका २०७४ बमोजिम मिति २०८३ असार ११ गते विहीबार बाँडफाँट गरिएको व्यहोरा सम्बन्धीत सबैको लागि सूचित गर्दछौं ।
साथै यस निष्काशन कार्यमा सहयोग तथा सद्भाव प्रदान गर्नुहुने सम्पूर्ण शुभेच्छुकहरु, लगानीकर्ता आवेदकहरु, सि-आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज लि., सिडिएस एण्ड क्लियरिङ्ग लि., प्रत्याभुतिकर्ता, सञ्चारमाध्यमहरु तथा सम्बन्धीत सबै निकायहरुमा धन्यवाद तथा हार्दिक कृतज्ञता ज्ञापन गर्दछौं ।
बाँडफाँटमा परेका शेयरहरुको विवरण धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडको Website: www.globalimecapital.com अथवा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट सञ्चालित Website: iporesult.cdsc.com.np/meroshare.cdsc.com.np बाट हेर्न सकिने व्यहोरा समेत जानकारी गराउँदछौं ।


