दरखास्त फाराम प्राप्त गर्ने र बुझाउने स्थान :
नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्वा (ASBA) सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लि.द्वारा सञ्चालित सफ्टवेयर “मेरो शेयर” अनलाइन प्रयोग गरी सि-आस्वा (C-ASBA) प्रणाली मार्फत आवेदन दिन सकिनेछ ।
संक्षिप्त वित्तीय विवरण:
विवरण वास्तविक अपरिष्कृत प्रक्षेपित
आ.व. आ.व. आ.व. पौष मसान्त आ.व. आ.व. आ.व.
२०७१/७२ २०७२/७३ २०७३/७४ २०७४/७५ २०७५/७६ २०७६/७७ २०७७/७८
| प्रति शेयर नेटवर्थ (सम्पत्तिमा पुनर्मूल्यांकन नगर्दा बाहेक) (रु.) | १५०.४५ | १५०.६५ | ११०.१७ | ११६.४१ | ११७.१४ | १३०.८२ | १४३.८४ |
| प्रति शेयर आम्दानी (रु.) | २.२४ | ३.३९ | ७.२६ | ८.२४ | १०.७१ | १२.८८ | १३.०२ |
| संचित नाफा / (नोक्सान) (रु. हजारमा) | ३८,४१२ | ६,५१२ | २५,१३४ | ४१,८५४ | ६१,००२ | १,०४,०८५ | १,४४,०७० |
नोट: *आ.व. २०७४/७५ को पौष मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण व्यवस्थापनले तयार पारी तिर्मिसेन्ना राज एण्ड एसोसिएट्स चार्टर्ड एकाउन्टेन्ट्स, धनगढीद्वारा प्रमाणित गरिएको हो ।
इन्टर्नल रेट अफ रिटर्न (Internal Rate of Return) : २१% नेट प्रिजेन्ट भ्यालु (Net Present Value) : रु. ६३,४५,६१,७८५
साधारण लगानी फिर्ता हुने अवधि : ६.६० वर्ष डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि : ७.१० वर्ष
निष्काशनकर्ता कम्पनीको रेटिङ्ग सम्बन्धी विवरण :
यस विवरणपत्र अनुसार निष्काशन गरिने साधारण शेयरको लागि धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ मा भएको व्यवस्था बमोजिम संस्थाको रेटिङ्ग गराउनु पर्ने बमोजिम नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त क्रेडिट रेटिङ्ग संस्था केयर रेटिङ्गस नेपाल लिमिटेड, पुतलीसडक, काठमाण्डौबाट कम्पनीको इस्युअर रेटिङ्ग “CARE NP BB- (Is)” [Double B (Issuer Rating)] रेटिङ्ग प्राप्त गरेको छ । जसले Moderate risk of default regarding timely servicing of financial obligations भन्ने आधार जनाउँदछ । केयर रेटिङ्ग नेपाल लि.ले CARE-NP AAA (Is) देखि CARE-NP D (Is) सम्म रेटिङ्ग प्रदान गर्दछ । जसमा ग्रेड CARE-NP AAA (Is) ले बलियो आधार जनाउँदछ भने ग्रेड CARE-NP D (Is) ले कमजोर आधारहरु जनाउँदछ । ग्रेड CARE-NP BB (Is) ले औसत भन्दा कम आधारहरु जनाउँदछ । रेटिङ्ग संकेत पछाडि दिइने अक्षरहरुमा प्रयोग गरिने (Plus) वा (Minus) ले सम्बन्धित वर्ग भित्रको तुलनात्मक स्थितिलाई जनाउँदछ ।
इस्युअर रेटिङ्ग प्रदान गरेको मिति : वि.सं. २०७२/०१/०८
इस्युअर रेटिङ्ग बहाल रहने अवधि : वि.सं. २०८३/१०/०३
लगानीकर्ताले धितोपत्रको सार्वजनिक निष्काशनमा लिखित वा विद्युतीय माध्यमबाट आवेदन दिँदा अनिवार्य रुपमा उक्त निष्काशनको विवरणपत्र पढी आफ्नो स्वेच्छाले दरखास्त दिनुहुन अनुरोध गर्दछौं ।




