दोस्रो वार्षिक साधारण सभा सम्बन्धी सूचना
प्रथम पटक प्रकाशित मिति : २०८३/०५/१० गते
सौर्य कृषि कम्पनी लिमिटेडको मिति २०८३/०५/०९ गते मंगलबार बसेको सञ्चालक समितिको बैठकको निर्णयानुसार कम्पनीको प्रथम वार्षिक साधारण सभा देहायका विषयहरुमा छलफल तथा निर्णय गर्नको लागि २०८३/०५/३१ गते बुधबार बस्ने भएको हुँदा कम्पनी ऐन, २०६३ को दफा ६७ को उपदफा (२) बमोजिम सम्पूर्ण शेयरधनी महानुभावहरुलाई उपस्थितिका लागि यो सूचना प्रकाशित गरिएको छ ।
दोस्रो वार्षिक साधारण सभा हुने मिति, स्थान र समय
मिति: २०८३/०५/३१ गते बुधबार (Wednesday, 16th September 2026)
स्थान: होटल क्रिस्टल पशुपति, गौशाला
समय: बिहानको ११ :०० बजे देखि
दोस्रो वार्षिक साधारण सभाका छलफलका विषयहरु
(क) सामान्य प्रस्ताव
- संचालक समितिको तर्फबाट अध्यक्षज्यूद्वारा आर्थिक वर्ष २०८२।८३ को वार्षिक प्रतिवेदन उपर छलफल तथा स्वीकृत गर्ने ।
- लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०८२।८३ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तिय विवरणहरु छलफल तथा स्वीकृत गर्ने ।
- कम्पनी ऐन २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०८३।८४ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने।
(ख) विशेष प्रस्ताव
- कम्पनीको शेयरमा सर्वसाधारणको लागि निष्काशन गर्ने सम्बन्धमा ।
- संचालकहरुको बैठक भत्ता, भ्रमण खर्च तथा अन्य पारिश्रमिक सम्बन्धमा ।
- संचालक समितिका सदस्यहरुको मनोनयन सम्बन्धमा ।
- विविध
दोस्रो वार्षिक साधारण सभा सम्बन्धी जानकारीहरु
- साधारण सभामा उपस्थित हुने शेयरधनीहरुले अनिवार्य रुपमा आफ्नो परिचय स्पष्ट खुल्ने किसिमको फोटो सहितको प्रमाण पत्र तथा साथमा शेयर प्रमाण पत्र लिई सभामा भाग लिनहुन अनुरोध छ ।
- शेयरधनीहरुको दस्तखतको लागि शेयरधनी पुस्तिका बिहान १०:०० बजेबाट खुल्ला गरिनेछ ।
- साधारणसभामा भाग लिन आफ्नो प्रतिनिधि नियुक्त गर्न चाहने शेयरधनीहरुले प्रचलित कम्पनी कानूनले तोकेको ढाँचामा वा वार्षिक प्रतिवेदन पुस्तिका अनुसारको प्रतिनिधी (प्रोक्सी) नियुक्त गर्नुपर्नेछ । तर प्रतिनिधी नियुक्त गर्नुभएका शेयरधनी आफैं उपस्थित भइ हाजिर पुस्तिकामा दस्तखत गरेमा प्रतिनिधी पत्र स्वतः बदर हुनेछ ।
- एक भन्दा बढी व्यक्तिहरुको संयुक्त नाममा शेयर दर्ता रहेको अवस्थामा सर्वसम्मतबाट प्रतिनिधी चयन गरिएको एक जनाले मात्र वा लगत किताबमा पहिलो नाम उल्लेख भएको व्यक्तिले सभामा भाग लिन सक्नुहुनेछ । कुनै संगठित संस्था वा कम्पनीको शेयर खरिद गरेका हकमा त्यस्ता संगठित संस्था वा कम्पनीले मनोनित गरेको प्रतिनिधिले शेयरवालाको हैसियतले सभामा भाग लिन सक्नुहुनेछ ।
- कुनै शेयरधनी महानुभावहरूले छलफलका विषयहरूमध्ये विविध शीर्षकअन्तर्गत कम्पनी सम्बन्धी कुनै विषयमा छलफल गर्न/गराउन चाहेमा सभा हुनुभन्दा ७ कार्यदिन अगावै कम्पनी सचिव मार्फत सञ्चालक समितिको अध्यक्षलाई लिखित रूपमा प्रस्ताव दिनुपर्नेछ । तर त्यस्तो प्रस्ताव साधारण सभामा छलफल वा बहसको रूपमा समावेश गर्ने वा नगर्ने अधिकार सञ्चालक समितिको अध्यक्षमा निहित हुनेछ ।



