Shangrila Development Bank to Sell 102,574 Promoter Shares
Author
Nepse trading

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरूको नाममा रहेको १ लाख २ हजार ५७४ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले यी सेयर हालका संस्थापक सेयरधनीहरूलाई मात्रै खरिद गर्न सक्ने गरी बिक्री खुला गरेको हो। इच्छुक संस्थापक सेयरधनीहरूले आगामी ३५ दिनभित्र आफूले खरिद गर्न चाहेको सेयरको विवरण सहित बैंकको केन्द्रीय कार्यालय, बालुवाटार, काठमाडौंमा निवेदन दिनुपर्नेछ।
यदि तोकिएको म्यादभित्र कुनै संस्थापक सेयरधनीबाट सेयर खरिदको आवेदन प्राप्त नभएमा, बैंकले उक्त सेयर सर्वसाधारणलाई बिक्री गर्ने जनाएको छ। यसअघि पनि बैंकले संस्थापक सेयर बिक्री गर्दा पहिले संस्थापक सेयरधनीलाई प्राथमिकता दिने गरेको थियो।