शिखर इन्स्योरेन्सको बोनस शेयर समायोजन, नयाँ मूल्य रु. ७६५.४५ कायम
Author
Nepse trading

माघ ३० गते नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड (SICL) को शेयरमूल्य समायोजन भएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुकक्लोज गरेसँगै नेप्सेले १० प्रतिशत बोनस शेयर समायोजन गर्दै नयाँ मूल्य निर्धारण गरेको हो। समायोजनपछि कम्पनीको शेयर मूल्य ७६५ रुपैयाँ ४५ पैसा कायम भएको छ, जसलाई आधार मानेर दोस्रो बजारमा कारोबार हुनेछ। अघिल्लो दिन कम्पनीको शेयर अन्तिम पटक ८४२ रुपैयाँमा कारोबार भएको थियो।
शिखर इन्स्योरेन्सले फागुन १३ गते, मंगलबार, थापाथलीस्थित शिखर विज सेन्टरमा २०औँ वार्षिक साधारण सभा बोलाएको छ। सभामा १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ। साथै, सभाले प्रबन्धपत्र संशोधन, रजिष्टर्ड कार्यालय स्थानान्तरण, लेखापरीक्षक नियुक्ति लगायतका प्रस्तावहरू पनि पारित गर्नेछ।