शिवम् होल्डिङ्गस लिमिटेडको
पाँचौं वार्षिक साधारण सभा (आ.व. २०८२/०८३) सम्बन्धी सूचना
प्रथम प्रकाशित मिति : २०८३/०४/२३
आदरणीय शेयरधनी महानुभावहरु,
यस शिवम् होल्डिङ्गस लिमिटेड कम्पनीको संचालक समितिको मितिः २०८३।०४।२२ मा बसेको ४३ औं बैठकको निर्णय बमोजिम यस कम्पनीको ५ औं वार्षिक साधारण सभा निम्न लिखित मिति, स्थान र समयमा तल लेखिएका प्रस्तावहरु उपर छलफल तथा निर्णय गर्न बस्ने भएको हुँदा सम्पूर्ण शेयरधनी महानुभावहरुको जानकारी तथा उपस्थितीका लागि कम्पनी ऐन २०६३ को दफा ६७ बमोजिम यो सूचना प्रकाशित गरिएको छ ।
सभा हुने मिति, स्थान र समय :
मिति : २०८३ भाद्र १४ गते, तदनुसार (३० अगष्ट २०२६) आइतबार ।
स्थान : कम्पनीको रजिष्टर्ड कार्यालयको सभाहल अनामनगर, काठमाडौं ।
समय : बिहान ११:३० बजे ।
प्रस्ताव तथा छलफलका विषयहरुः
(१) कम्पनी संचालक समितिको तर्फबाट अध्यक्षज्यूले पेश गर्नु हुने आ.व. २०८२/०८३ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने बारे ।
(२) कम्पनीको आ.व. २०८२/०८३ को लेखापरीक्षकज्यूले पेश गर्नु भएको ले.प. प्रतिवेदन, वासलात, नाफानोक्सान हिसाब किताब, नगद प्रवाह विवरण सहितका संलग्न अनुसूचीहरु माथि छलफल गरी पारित गर्ने बारे ।
(३) कम्पनीको आ.व. २०८३/०८४ को आय व्ययको लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने बारे ।
(४) कम्पनीको रु.१००। दरका १,१६,००,००० थान शेयरहरु धितोपत्र बोर्डको स्वीकृति लिई सर्वसाधारणमा निष्काशन गर्ने सम्बन्धमा यस अघि पेश गरेको विवरण पत्र समेतका विषयमा संशोधन, परिमार्जन गर्ने सम्बन्धमा ।
(५) कम्पनीको आ.व. २०८२/०८३ मा भए गरेका काम कारोबारहरु र संचालक समितिका निर्णयहरु अनुमोदन गर्ने सम्बन्धमा ।
(६) कम्पनीको आ.व. २०८२/०८३ को मुनाफाबाट कम्पनीमा हाल कायम शेयरधनीहरुलाई चुक्ता पूँजी रु. ४ अर्ब ६४ करोडको २.५०% प्रतिशतको दरले हुन आउने रु. ११,६०,००,०००।– (एघार करोड साठ्ठी लाख) मात्र नगद लाभांश वितरण गर्ने सम्बन्धी संचालक समितिको प्रस्ताव बारे ।
(७) आगामी ४ वर्षे कार्यकालका लागि ३ (तीन) जना संचालकहरुको निर्वाचन / मनोनयन गरी सञ्चालक समिति गठन गर्ने सम्बन्धमा ।
(८) संचालक समितिको निर्णयले कम्पनीको स्वतन्त्र संचालक पदमा मनोनित हुनुभएका स्वतन्त्र संचालकलाई अनुमोदन गर्ने सम्बन्धमा ।
(९) विविध ।
सञ्चालक समितिको आज्ञाले,
कम्पनी सचिव




