वार्षिक साधारण सभा सम्बन्धी सूचना
(प्रथम पटक प्रकाशित २०८३/०६/०४ गते)
आदरणीय शेयरधनी महानुभावहरू,
मिति: २०८३/०५/३१ गते बुधबार बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार यस कम्पनीको पाँचौ वार्षिक साधारण सभा निम्न मिति, समय र स्थानमा बस्ने भएकोले कम्पनी ऐन, २०६३ को दफा ६७ तथा नियमावली अनुसार शेयरधनी महानुभावहरूको जानकारी तथा उपस्थितिको लागि यो सूचना प्रकाशित गरिएको छ ।
साधारण सभा हुने स्थान, समय र मिति:
मिति: २०८३ आश्विन २६ गते सोमबार (१२ अक्टोवर, २०२६)
समय: बिहानको ११:३० बजे
स्थान: कार्की ब्याङ्केट प्रा.लि. थापाथली हाईट, काठमाण्डौ ।
छलफलका प्रस्तावहरू:
क) साधारण प्रस्तावहरू:
- सञ्चालक समितिका तर्फबाट अध्यक्षज्यूले पेश गर्नुहुने आ.व. २०८२/०८३ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने सम्बन्धमा ।
- आ.व. २०८२/०८३ को वासलात तथा नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण, अनुसूचीहरू सहितको लेखा परीक्षण प्रतिवेदन छलफल गरी पारित गर्ने सम्बन्धमा ।
- सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चालू आ.व. २०८३/०८४ को लागि लेखा परीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा ।
- प्राथमिक शेयर निष्काशन (Initial Public Offering) सम्बन्धमा ।
- प्रबन्ध सञ्चालकको सेवा सुविधा अनुमोदन तथा सञ्चालकहरूको बैठक भत्ता सम्बन्धमा ।
ख) विविध:
साधारण सभा सम्बन्धी थप जानकारीहरू :
माथि उल्लेखित विषय बाहेक थप जानकारी आवश्यक परेमा शेयरधनी महानुभावहरूले कम्पनीको रजिष्टर्ड कार्यालय काठमाण्डौबाट प्राप्त गर्न सक्नुहुनेछ ।
सञ्चालक समितिको आज्ञाले
कम्पनी सचिव



