यस बैंकका तपशिलमा उल्लिखित संस्थापक शेयरधनीले आफ्नो नाममा कायम रहेको संस्थापक शेयर नामसारी/बिक्री गर्न बैंक समक्ष निवेदन दिनु भएको र उक्त निवेदन संचालक समितिको बैठकमा पेश हुँदा रित पुऱ्याई नामसारी/बिक्री गर्न प्रक्रिया अघि बढाउने निर्णय भएकोले उक्त संस्थापक शेयर खरिद गरि लिन विद्यमान संस्थापक शेयरधनीहरुलाई नै पहिलो प्राथमिकता दिनुपर्ने नेपाल राष्ट्र बैंकद्वारा जारी एकीकृत निर्देशनको व्यवस्था बमोजिम ईच्छुक विद्यमान संस्थापक शेयरधनीहरुको जानकारीको लागि यो सार्वजनिक सूचना प्रकाशित गरिएको छ।
यस सूचना प्रकाशित भएको मितिले ३५ (पैँतीस) दिन कार्यालय समय भित्र यस बैंकको केन्द्रीय कार्यालय नक्साल, काठमाडौं स्थित कम्पनी सचिवको कार्यालयमा आफुले खरिद गर्न चाहेको शेयर संख्याको व्यहोरा खुलाई आवश्यक कागजात सहितको लिखित आवेदन दिनुहुन सम्बन्धित सबैको जानकारीको लागि सूचित गरिन्छ।
संस्थापक शेयर लिने सम्बन्धमा तोकिएको म्याद भित्र विद्यमान संस्थापक शेयरधनीबाट निवेदन पेश हुन नआएमा वा प्राप्त निवेदनबाट प्रस्तावित सम्पूर्ण शेयरको लागि निवेदन पेश नभएमा प्रचलित कानून बमोजिम गैर संस्थापक व्यक्ति वा संस्थालाई समेत संस्थापक शेयर बिक्री गर्ने सम्बन्धी आवश्यक प्रक्रिया अघि बढाईने र सो उपर कसैको दावी उजुर बाजुर नलाग्ने व्यहोरा समेत सम्बन्धित सबैलाई यसै सूचना मार्फत जानकारी गराईन्छ।
तपशिल
क्र.सं. संस्थापक शेयरधनीको नाम तथा ठेगाना बिक्री गर्न चाहेको शेयर संख्या
- श्री अजय कुमार जालान, जलेश्वर-०४, महोत्तरी ३८,९०६
- श्री जमुना जोशी, बाँसवारी-०३, काठमाण्डौ १,१३३
- श्री जेम जोशी, बाँसवारी-०३, काठमाण्डौ १,१३३
- श्री जेमी जोशी, बाँसवारी-०३, काठमाण्डौ १,१३३



