पन्ध्रौं वार्षिक साधारण सभा सम्बन्धी सूचना
(प्रथम पटक प्रकाशित मिति २०८३/०५/२६ गते)
आदरणीय शेयरधनी महानुभावहरु,
यस कम्पनीको मिति २०८३।०५।१६ गते मंगलबार बसेको सञ्चालक समितिको २०८ औं बैठकको निर्णयानुसार यस कम्पनीको पन्ध्रौं वार्षिक साधारण सभा निम्न मिति, समय र स्थानमा निम्न विषय उपर छलफल गरी निर्णय गर्न बस्ने भएकाले सम्पूर्ण शेयरधनी महानुभावहरुको उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं ।
साधारण सभा हुने मिति, समय र स्थान :
मिति : २०८३।०६।२३ गते तदनुसार अक्टोम्बर ०९, २०२६, शुक्रबार ।
समय : अपरान्ह ५:०० बजे ।
स्थान : होलिडे इन एक्सप्रेस, नक्साल, काठमाण्डौ ।
छलफलका विषयहरू :
क) सामान्य प्रस्ताव:
१) सञ्चालक समितिको तर्फबाट प्रस्तुत आ.व. २०८२/०८३ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।
२) आ.व. २०८२/०८३ को लेखापरीक्षणको प्रतिवेदन सहित २०८३ आषाढ मसान्तको वासलात, वार्षिक नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका विवरणहरु माथि छलफल गरी पारित गर्ने ।
३) कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आ.व. २०८३/०८४ को लागि लेखापरीक्षण समितिले सिफारिश गरे बमोजिम लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने ।
४) कम्पनीको आर्थिक वर्ष २०८२/०८३ सम्मको संचित मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ३० प्रतिशत अर्थात रु. ६,००,००,०००/- (अक्षरेपी छ करोड मात्र) कर सहित नगद लाभांश प्रदान गर्न सञ्चालक समितिले गरेको प्रस्ताव पारित गर्ने ।
ख) विशेष प्रस्ताव:
१) आर्थिक वर्ष २०८२/०८३ मा कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च गरिएको रकम रु. ५,०४,०४७/- पारित गर्ने ।
ग) विविध ।
सञ्चालक समितिको आज्ञाले,
मुक्तिनाथ सुवेदी
कम्पनी सचिव



