·
नेपालको सार्वजनिक ऋणमा उल्लेखनीय कमी
Author
Nepse trading

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको प्रतिवेदनअनुसार चालू आर्थिक वर्षको ९ महिनामा नेपालको सार्वजनिक ऋण २६ खर्ब ६७ अर्ब २६ करोडमा झरेको छ। फागुन मसान्तमा यो २६ खर्ब ७६ अर्ब ३ करोड थियो। एक महिनामै ८ अर्ब ७७ करोडले ऋण घटेको छ। आन्तरिक ऋण १३ खर्ब १ अर्ब ९४ करोड र बाह्य ऋण १३ खर्ब ६५ अर्ब ३२ करोड छ।
वैदेशिक ऋणको हिस्सा ५१.१९% र आन्तरिक ऋणको ४८.८१% छ। सरकारले जीडीपीको ४.४३% सावाँ र ब्याज भुक्तानीमा खर्च गरेको छ। ९ महिनामा १ खर्ब ७० अर्ब आन्तरिक र ३२ अर्ब ९३ करोड बाह्य ऋण घटेको छ।