काठमाडौँ — साताको चौथो कारोबार दिन बुधबार सेयर बजारमा झिनो गिरावट आएको छ। तीव्र उतारचढावविहीन रहेको धितोपत्र कारोबारमा लगानीकर्ताहरू ‘पर्ख र हेर’को रणनीतिमा देखिएका छन्। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ०.२६ अंकले ओरालो लाग्दै २ हजार ६ सय २२ दशमलव २२ विन्दुमा ओर्लिएर बन्द भएको छ।
कारोबार रकमका आधारमा पनि बुधबारको बजारमा उल्लेख्य सुस्तता छाएको छ। मंगलबार ५ अर्ब ७ करोड ३५ लाख रुपैयाँभन्दा बढीको सेयर खरिदबिक्री भएकोमा बुधबार भने ३ अर्ब २९ करोड ८० लाख रुपैयाँमा सीमित भयो। सो दिन ९५ लाख ८ हजार ८ सय ८२ कित्ता सेयर किनबेच भएका छन्।
बजार समग्रमा ओरालो लागे पनि केही कम्पनीहरूमा भने लगानीकर्ताको आकर्षण देखिएको छ। माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट र सर्वोत्तम पेन्ट्सको सेयर मूल्यमा सकारात्मक सर्किट (१० प्रतिशतको हाराहारीमा वृद्धि) लागेको छ। माउन्ट एभरेष्टको मूल्य प्रतिकित्ता ९० रुपैयाँ ४० पैसाले बढेर ६ सय ९३ रुपैयाँ ६० पैसा पुगेको छ भने सर्वोत्तम पेन्ट्सको मूल्य ७८ रुपैयाँ ६० पैसाले उकालो लाग्दै ६ सय ३ रुपैयाँ २० पैसा कायम भएको छ। उता, मनकामना इन्जिनियरिङ हाइड्रोपावरका सेयरधनीले भने सबैभन्दा बढी ८ दशमलव ४५ प्रतिशतको नोक्सानी व्यहोरेका छन्।
कारोबार रकमका हिसाबले १७ करोड ५२ लाख रुपैयाँको कारोबारसहित साहस ऊर्जा शीर्ष स्थानमा रह्यो। सोलु हाइड्रोपावर (१६ करोड ८८ लाख रुपैयाँभन्दा बढी) र रिलायन्स स्पिनिङ मिल्स (१५ करोड ५५ लाख रुपैयाँभन्दा बढी) क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे।
बुधबार १३ उपसमूहमध्ये ५ वटा समूहको सूचक हरियो रह्यो भने ८ वटा उपसमूह रातोमा समेटिए। बैंकिङ, जलविद्युत्, निर्जीवन बीमा, व्यापार र अन्य समूह बढेका छन् भने विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र म्युचुअल फन्डमा गिरावट आएको छ।
नेपाल धितोपत्र बोर्ड (सेबोन) ले मार्जिन कारोबार, इन्ट्रा-डे, सर्ट सेलिङ तथा एसएमई प्लेटफर्मजस्ता नयाँ उपकरण र सुधारका योजना ल्याइरहे पनि त्यसको ठोस प्रभाव बजारमा देखिन सकेको छैन। बैंकिङ प्रणालीमा तरलता सहज भई ब्याजदर घट्दै गएको अवस्थामा पनि लगानीकर्तामा आत्मविश्वासको कमी देखिन्छ।
प्राविधिक विश्लेषण: ६१.८ प्रतिशतको अवरोध र आगामी बाटो
प्राविधिक रूपमा नेप्से परिसूचक ६१.८ प्रतिशतको फिबोनाची रिट्रेसमेन्ट स्तरलाई पार गर्न असफल भएको छ। अघिल्लो दिन सो स्तरभन्दा तल ओर्लिएको बजारले बुधबार पुनः सोही क्षेत्र परीक्षण गरे पनि बलियो ब्रेकआउट दिन सकेन। कारोबारको अन्त्यमा ‘डोजी’ प्रकृतिको क्यान्डल बनेकाले लगानीकर्तामा अन्योल झल्किन्छ।
प्राविधिक विश्लेषक अजित खनालका अनुसार ६१.८ प्रतिशतको रिट्रेसमेन्ट क्षेत्र अहिले मुख्य प्रतिरोधका रूपमा उभिएको छ। यदि बजारले यो विन्दु माथि तोड्न सकेन भने ७८.६ प्रतिशत फिबोनाची रिट्रेसमेन्ट क्षेत्रतर्फ ओर्लिने जोखिम रहन्छ। उच्च विन्दु (हायर हाई) बनाउन बजारले सङ्घर्ष गरिरहेको र एडीएक्स सूचक माथितर्फ फर्किएकाले छोटो अवधिमा नकारात्मक ट्रेन्ड कायमै रहने सङ्केत मिल्छ।
बुधबारको intraday उतारचढाव हेर्दा दिउँसो १२:०२ बजे दिनकै तल्लो विन्दु छोएको बजारले २:०४ बजे उच्च विन्दु बनाए पनि अन्तिम एक घण्टामा करिब १० अंक गुमाउँदै कमजोर अवस्थामा बन्द भयो। यद्यपि, प्रमुख १० ब्रोकरको विवरण हेर्दा ६ वटामा खरिद चाप नै बढी देखिएकाले ठूला लगानीकर्तामा आतङ्कित बिक्री (प्यानिक सेलिङ) भने नदेखिएको विश्लेषण गरिएको छ।

नेप्सेमा सुस्तता : २,६२२ विन्दुमा समेटियो बजार, फिबोनाची प्रतिरोधले थपियो अन्योलSluggish NEPSE Closes at 2,622; Fibonacci Resistance Adds to Market Uncertainty
KATHMANDU — The stock market witnessed a marginal decline on Wednesday, the fourth trading day of the week. Amid a lack of significant volatility, investors appeared to adopt a 'wait and see' strategy. The Nepal Stock Exchange (NEPSE) index slipped by a nominal 0.26 points to close at 2,622.22.
The trading volume also reflected the market's sluggishness. Compared to Tuesday's turnover of over Rs 5.07 billion, Wednesday's transaction volume shrank to Rs 3.29 billion, with 9,508,882 shares changing hands.
Despite the overall market dip, certain companies still managed to attract investor interest. Mount Everest Power Development and Sarbottam Paints both hit positive circuits (surging by nearly 10%). Mount Everest Power's share price increased by Rs 90.40 to reach Rs 693.60, while Sarbottam Paints climbed by Rs 78.60 to close at Rs 603.20. On the other hand, shareholders of Manakamana Engineering Hydropower suffered the steepest loss, with its share price dropping by 8.45%.
In terms of turnover, Sahas Urja led the market, recording transactions worth Rs 175.2 million. Solu Hydropower (over Rs 168.8 million) and Reliance Spinning Mills (over Rs 155.5 million) followed in the second and third positions, respectively.
Among the 13 sub-indices, five ended in the green, while eight closed in the red. Banking, Hydropower, Non-Life Insurance, Trading, and Others sub-groups registered gains. Meanwhile, Development Bank, Finance, Hotels and Tourism, Investment, Life Insurance, Manufacturing and Processing, Microfinance, and Mutual Funds faced downward pressure.
Although the Securities Board of Nepal (SEBON) has been advancing various market reform plans—such as margin trading, intra-day trading, short selling, and an SME platform—these measures have yet to show a tangible impact on the market. Despite easing liquidity and declining interest rates in the banking system, a lack of investor confidence remains evident.
Technical Analysis: The 61.8% Hurdle and the Road Ahead
From a technical perspective, the NEPSE index failed to cross the crucial 61.8% Fibonacci retracement level, signaling market weakness. After slipping below this level on the previous day, the market retested the zone on Wednesday but could not produce a strong breakout. The formation of a 'Doji' candlestick by the close of trading reflects ongoing indecision among investors.

According to technical analyst Ajit Khanal, the 61.8% retracement zone is currently acting as a major resistance. If the market fails to break above this point, there are indications that it could face downward pressure toward the 78.6% Fibonacci support level.
The market has been struggling to form "higher highs" in recent sessions, pointing to a weak momentum in the short term. Furthermore, with the ADX indicator turning upwards, analysts suggest that the current negative trend could strengthen.
Looking at Wednesday's intraday fluctuations, the market filled its opening gap early on and faced selling pressure, hitting its daily low at 12:02 PM. It then attempted a recovery, reaching its daily high around 2:04 PM, but eventually succumbed to pressure, losing about 10 points in the final hour to close on a weaker note.
However, looking at the transaction details of the top 10 brokers, there is no sign of massive panic selling. Six out of the top 10 brokers showed higher buying volume than selling volume.
Overall, while there is no immediate indication of a massive crash, the market's inability to cross the technical resistance and weak investor psychology have kept the pressure alive. Whether the market successfully crosses the 61.8% level or drops to test the 78.6% support zone will be crucial to watch in upcoming trading sessions.




