काठमाडौँ — ऊर्जा क्षेत्रमा लगानी विस्तार गर्दै आएको पिपुल्स इनर्जी लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) जारी गर्ने प्रक्रिया अघि बढाएको छ । कम्पनीले आफ्नो जारी पुँजीको २० प्रतिशत सेयर पब्लिकलाई बिक्री गर्ने मुख्य कार्यसूचीसहित आगामी कात्तिक १८ गते दसौँ वार्षिक साधारण सभा आह्वान गरेको छ ।
सञ्चालक समितिको मंगलबार सम्पन्न बैठकले काठमाडौँको शंखमुलस्थित अनमोल ब्याङ्क्वेटमा दिउँसो १ बजे सभा आयोजना गर्ने मिति र स्थान तय गरेको हो । उक्त सभामा कम्पनीको पुँजी संरचना परिमार्जन गर्दै सेयर पुँजी वृद्धि गर्ने विशेष प्रस्ताव सञ्चालक समितिले पेस गर्दै छ । आईपीओ निष्कासनबाट संकलन हुने रकमको सदुपयोग कसरी गर्ने भन्ने योजना र पुँजी वृद्धिका लागि कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा गर्नुपर्ने आवश्यक कानुनी संशोधनको प्रस्ताव पनि सभाले पारित गर्नेछ ।
यसबाहेक, साधारण सभामा कम्पनीको वित्तीय सुशासन र नियमित कामकारबाहीसँग सम्बन्धित प्रस्तावहरू पनि छलफलका लागि लगिँदै छ । सभाले आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदनसहितको वासलात, नाफा–नोक्सान हिसाब तथा अन्य वित्तीय विवरणहरूमाथि विस्तृत छलफल गरी अनुमोदन गर्नेछ । साथै, चालु आर्थिक वर्ष २०८३/८४ का लागि नयाँ लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक तोक्ने कार्य पनि सोही सभाबाट हुनेछ । अघिल्लो आर्थिक वर्षमा सञ्चालक समितिले व्यवसाय सञ्चालन, लगानी, बैंक ऋण तथा कर्पोरेट ग्यारेन्टीका सम्बन्धमा गरेका महत्त्वपूर्ण निर्णयहरूलाई पनि सभाबाट अनुमोदन गराउने कार्यसूची छ ।
KATHMANDU — Peoples Energy Limited, an expanding player in Nepal's energy sector, has formally initiated the process of issuing an Initial Public Offering (IPO). The company has convened its 10th Annual General Meeting (AGM) for Kartik 18, with the primary agenda of offloading 20 percent of its issued capital to the general public.
The Board of Directors, in a meeting held on Tuesday, decided to host the AGM at Anmol Banquet in Sankhamul, Kathmandu, starting at 1:00 PM. The assembly will deliberate on a special proposal to restructure and hike the company’s share capital. Crucially, the meeting will finalize the roadmap for utilizing the funds generated from the upcoming IPO and endorse necessary amendments to the company's Memorandum of Association (MoA) and Articles of Association (AoA) to legally facilitate the capital increment and public issuance.
Beyond the IPO, the AGM will address regular corporate governance and financial mandates. Shareholders will review and approve the board’s annual report for the fiscal year 2082/83, along with the auditor's report, balance sheet, and profit and loss statements. Furthermore, the assembly will appoint a statutory auditor for the ongoing fiscal year 2083/84 and determine their remuneration. Another key item on the roster is the ratification of the board's prior decisions regarding business operations, long-term investments, bank loans, and corporate guarantees made during the previous fiscal year.