लक-ईन (Lock In) अवधि समाप्ती हुने सम्बन्धी सूचना
श्री नेपाल धितोपत्र बोर्डको पत्र संख्या ८०/८१ चलानी नं. १५२३ मिति २०८०/०८/२५ गतेको निर्देशन बमोजिम यस कम्पनीको नेपाल धितोपत्र बोर्डमा दर्ता भएको कुल ३,०७,५०,५०० कित्ता शेयरहरु मध्ये देहाय बमोजिम संस्थापक शेयरधनी र कर्मचारीहरुको स्वामित्वमा रहेको मध्ये देहाय बमोजिम संस्थापक शेयरधनी र कर्मचारीहरुको स्वामित्वमा रहेको शेयरको मिति २०८३/०६/२३ गते पश्चात लक इनको समयावधि समाप्त हुने हुदा सम्पूर्ण शेयरधनी महानुभावहरु, नियामक निकायहरु तथा सम्पूर्ण सरोकारवालाहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
तपसिल
क्र. सं. शेयरको विवरण लक इन मा रहेको शेयर संख्या
१. संस्थापकहरुको शेयर १,८४,५०,३०० कित्ता
२. कर्मचारीहरुलाई सुरक्षित गरिएको शेयर १९,५०० कित्ता
नोट : संचालकहरु तथा कम्पनीका उच्च व्यवस्थापकीय पदमा कार्यरत कर्मचारीहरुको हकमा नियमानुसार शेयर रोक्का रहने छ।



