प्रथम पटक प्रकाशित: २०८३/०२/१८
यस कम्पनीको सञ्चालक समितिको बैठकले निर्णय गरे अनुसार कम्पनीको २६औं वार्षिक साधारण सभा निम्न मिति, समय र स्थानमा निम्न विषयहरु उपर छलफल तथा निर्णय गर्न बस्ने भएको हुँदा कम्पनी ऐन २०६३ को दफा ६७ अनुसार सम्पूर्ण शेयरधनी महानुभावहरुको जानकारी एवं उपस्थितिको लागि यो सूचना प्रकाशन गरिएको छ ।
सभा हुने मिति समय र स्थान:
मिति: २०८३।०३।०८ गते सोमबार
समय: बिहान १०:३० बजे
स्थान: लिसारा रिसेप्सन, नक्शाल, काठमाडौं
छलफलका प्रस्तावहरु:
क) साधारण प्रस्ताव
- सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूले प्रस्तुत गर्नुहुने आ.व. ०७८।७९ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने सम्बन्धमा ।
- आ.व. ०७८।७९ को नाफा नोक्सान विवरण, नगद प्रवाह विवरण, वासलात लगायतका वित्तीय विवरण उपर छलफल गरी पारित गर्ने सम्बन्धमा ।
- आ.व. ०७८।७९ को लागि लेखा परीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण सम्बन्धमा ।
- सञ्चालक समितिको निर्वाचन सम्बन्धमा ।
- सञ्चालक समितिले कम्पनी ऐन २०६३ को दफा ५६ (१) (ख) बमोजिम जारी गरिएको शेयर, सम्झौता र निर्णयहरु अनुमोदन सम्बन्धमा ।
- कम्पनीको उद्देश्य कार्यान्वयनको लागि जारी पूँजीबाट शेयर वापतको रकम माग गर्ने, शेयर बाँडफाँड गर्ने र शेयरधनीहरुले लगानी गर्न इच्छा जाहेर नगरेमा प्रचलित कानून बमोजिम नवागन्तुकहरुलाई समेत शेयर बिक्री गर्न सञ्चालक समितिलाई अख्तियारी दिने बारे ।
ख) विविध ।
द्रष्टव्य:-
- मिति २०८३ जेष्ठ मसान्त सम्म शेयर बाँडफाँड भएका शेयरधनीहरुले साधारण सभामा सहभागी हुन र मतदान गर्न पाउने छन् ।
- साधारणसभामा सहभागी हुन प्रतिनिधि (प्रोक्सी) नियुक्त गर्न चाहने शेयरधनीहरुले प्रचलित कम्पनी कानूनले तोके बमोजिमको ढाँचामा प्रतिनिधि-पत्र (प्रोक्सी फारम) भरी साधारणसभा शुरु हुनुभन्दा ५ दिन अगावै कम्पनीको रजिष्टर्ड कार्यालयमा बुझाउनु सक्नु पर्ने छ । कम्पनीको शेयरधनी बाहेक अन्य कसैलाई प्रतिनिधि नियुक्त गर्न सकिने छैन । एक जना शेयरधनीले एक भन्दा बढी शेयरधनीलाई प्रोक्सी नियुक्त गरेको अवस्थामा पछि नियुक्त गरिएको प्रोक्सीले मान्यता प्राप्त गर्ने छ ।
- कम्पनीको सञ्चालकहरुको निर्वाचन सम्बन्धी कार्यक्रम कम्पनीको रजिष्टर्ड कार्यालय शक्तिनगर काठमाडौंमा स्थापित निर्वाचन समितिको कार्यालयले सभा हुने दिन भन्दा ३ दिन अगावै प्रकाशित गरि टाँस गरिने छ ।
- साधारण सभा सम्बन्धी थप जानकारीको लागि कार्यालय समय भित्र कम्पनीको रजिष्टर्ड कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ ।
पुनश्च: कम्पनी ऐन २०६३ बमोजिमको वार्षिक आर्थिक विवरण, सञ्चालक समितिको प्रतिवेदन र लेखा परिक्षकको प्रतिवेदन शेयरधनी महानुभावहरुले उपलब्ध गराएको ठेगानामा पठाईसकिएको छ । उक्त विवरणहरु कम्पनीको रजिष्टर्ड कार्यालय शक्तिनगरमा आई निरीक्षण गर्न र प्राप्त गर्न सकिने व्यहोरा समेत शेयरधनी महानुभावहरुलाई जानकारी गराईन्छ ।
सञ्चालक समितिको आज्ञाले
कम्पनी सचिव




