सुपरमाई हाइड्रोको शेयरमूल्य समायोजन
Author
NEPSE TRADING

नेपाल स्टक एक्सचेञ्ज मा सूचीकृत सुपरमाई हाइड्रोपावर लिमिटेड (SMH) को शेयरमूल्य समायोजन गरिएको छ। साधारण सभा तथा लाभांश वितरणका लागि कम्पनीले बुकक्लोज गरेसँगै नेप्सेले २० प्रतिशत बोनस शेयर समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। समायोजनपछि कम्पनीको शेयरमूल्य प्रतिकित्ता ५९१ रुपैयाँ ६७ पैसामा कायम भएको छ।
यसअघि मंगलबार दोस्रो बजारमा कम्पनीको शेयर प्रतिकित्ता ७१० रुपैयाँमा अन्तिम कारोबार भएको थियो। सोही अन्तिम मूल्यका आधारमा समायोजन गरिएको हो। अब यही नयाँ मूल्यलाई आधार मानेर दोस्रो बजारमा कारोबार खुल्नेछ। कम्पनीले फागुन १७ गते, आइतबार, लिसरा रिसेप्सन्स् प्रा.लि., नक्साल, काठमाडौँमा एघारौँ वार्षिक साधारण सभा आयोजना गर्दैछ। सभा बिहान १० बजे सुरु हुनेछ।
सभाले चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। साथै, शतप्रतिशत हकप्रद शेयर निष्कासन, प्रबन्धपत्र तथा नियमावली संशोधन, सञ्चालक नियुक्ति अनुमोदन तथा लेखापरीक्षक नियुक्ति लगायतका प्रस्ताव पनि पारित गर्ने कार्यसूची रहेको छ।



