को
संस्थापक शेयर बिक्री सम्बन्धी ३५ दिने सूचना
सूचना प्रकाशित मिति २०८३/२/२२ गते
सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडका तपसिलमा उल्लेखित केही संस्थापक समूहका शेयरधनीहरुले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्री गर्नका लागि निवेदन दिनु भएको र उक्त निवेदन नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम रित पुऱ्याई बिक्री गर्ने प्रक्रिया अगाडि बढाउन यस वित्तीय संस्थाको सञ्चालक समितिबाट निर्णय भएकोले संस्थाका संस्थापक शेयरधनीलाई नै उक्त संस्थापक शेयर खरिद गर्न प्राथमिकता दिनुपर्ने व्यवस्था भए बमोजिम संस्थापक शेयरधनीहरुको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।
यदि कुनै संस्थापक शेयरधनी महानुभावहरुलाई यस संस्थाको संस्थापक शेयर खरिद गरी लिन इच्छा भएमा यो सूचना प्रकाशित भएको मितिले ३५ (पैँतिस) दिन भित्र आवश्यक कागजात प्रमाण संलग्न गरी वित्तीय संस्थाको कर्पोरेट कार्यालय महालक्ष्मी-०४, ललितपुर वा शेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेड काठमाडौं-०१, नागपोखरी नक्सालमा आफूले खरिद गर्ने शेयर कित्ता संख्याको व्यहोरा खुलाई निवेदन दिनुहुन सूचित गरिन्छ ।
संस्थापक शेयर खरिद गरी लिने सम्बन्धमा तोकिएको उक्त म्याद भित्र हाल कायम संस्थापक शेयरधनी महानुभावहरुको निवेदन पेश हुन नआएमा प्रचलित नियमानुसार संस्थापक शेयरधनी बाहेकका अन्य व्यक्ति वा संस्थालाई शेयर बिक्रीका लागि आवश्यक कारवाही अघि बढाउने व्यहोरा समेत सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
शेयर बिक्रीको लागि निवेदन दिनेको विवरण :
क.सं. शेयरधनीको नाम, ठेगाना बिक्री गर्ने शेयर कित्ता (संख्या)
१. कान्ती श्रेष्ठ राजभण्डारी, कान्तिपुर मार्ग-३५, काठमाडौं १०,००० कित्ता (दश हजार मात्र)
शेयर रजिष्ट्रारको पूरा नाम र ठेगानाः
कुमारी क्यापिटल लिमिटेड काठमाडौं-१, नागपोखरी, नक्साल
Kumari Capital Limited




