स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति (एक्विजिसन) गरे पश्चात “स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड” को नामबाट एकीकृत वित्तीय कारोबार शुभारम्भ गरिने बारे सूचना
(प्रथम पटक प्रकाशन मिति : २०८०/०५/०६ गते शनिवार)
नेपाल सरकार कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता नं. ११५७/०६६/०६७ रहि बनेपा-०५, काभ्रेपलाञ्चोक स्थित रजिष्टर्ड (केन्द्रीय) कार्यालय रहेको नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतपत्र (ने.रा.बैंक/इ.प्रा./“घ”/१६/०६६/०६७) प्राप्त राष्ट्रिय स्तरको स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपाल सरकार कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता नं. ११७४४६/०७०/०७१ रहि बनेपा-१३, काभ्रेपलाञ्चोक स्थित रजिष्टर्ड (केन्द्रीय) कार्यालय रहेको नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतपत्र (ने.रा.बैंक/इ.प्रा./“घ”/३८/०७१/७२) प्राप्त बागमती प्रदेश स्तरीय कार्यक्षेत्र भएको विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ती गर्ने सम्बन्धमा नेपाल राष्ट्र बैंकद्वारा जारी गरिएको बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिसन) सम्बन्धी विनियमावली, २०७३ (संशोधन सहित) बमोजिम सम्पूर्ण प्रक्रिया पुरा गरी स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति (एक्विजिसन) सम्बन्धमा नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड र कम्पनी रजिष्ट्रारको कार्यालयबाट अन्तिम स्वीकृति प्राप्त भएकोले गाभिए पश्चात विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको अन्तिम दिन सम्म कायम रहेको सम्पूर्ण सम्पत्ति, दायित्व, तथा अन्य सम्भावित दायित्वहरु नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतपत्रप्राप्त राष्ट्रियस्तरको स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले व्यहोर्ने/सकार्ने गरी मिति २०८०/०५/२१ गते आईतबारबाट एकीकृत कारोबार सञ्चालन गरिने भएकाले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। साथै, मिति २०८०/०५/२१ गते आईतबार १ दिनको लागि दुबै संस्थाको सम्पूर्ण बैंकिङ्ग सेवाहरु बन्द रहने व्यहोरा सम्पूर्ण सदस्य महानुभावहरु, शेयरधनी महानुभावहरु लगायत नियामक निकायहरु तथा सम्बन्धित सरोकारवालाहरु सबैलाई जानकारी गराइन्छ।
प्राप्ति पश्चात “स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड” को रजिष्टर्ड (केन्द्रीय) कार्यालय बागमती प्रदेश, काभ्रेपलाञ्चोक जिल्ला, बनेपा नगरपालिका वडा नं. ०५ मा कायम रहने व्यहोरा समेत यसै सूचना मार्फत जानकारी गराउँदछौँ।



