स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति (एक्विजिसन) पश्चात् "स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड" को नामबाट एकीकृत वित्तीय कारोबार सञ्चालन गरिएको बारे सूचना
(प्रथम पटक प्रकाशन मिति : २०८३/०६/१५ गते बिहिबार)
नेपाल सरकार कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता नं. ११५७/०६६/०६७ रहि बनेपा-०५, काभ्रेपलाञ्चोक स्थित रजिष्टर्ड (केन्द्रीय) कार्यालय रहेको नेपाल राष्ट्र बैंकबाट "घ" वर्गको इजाजतपत्र (ने.रा.बैंक/इ.प्रा./"घ"/१६/०६६/०६७) प्राप्त राष्ट्रियस्तरको स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपाल सरकार कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता नं. ११७४४६/०७०/०७१ रहि बनेपा-१३, काभ्रेपलाञ्चोक स्थित रजिष्टर्ड (केन्द्रीय) कार्यालय रहेको नेपाल राष्ट्र बैंकबाट "घ" वर्गको इजाजतपत्र (ने.रा.बैंक/इ.प्रा./"घ"/३८/०७१/७२) प्राप्त बाग्मती प्रदेश स्तरीय कार्यक्षेत्र भएको विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गर्ने सम्बन्धमा नेपाल राष्ट्र बैंकद्वारा जारी गरिएको बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिसन) सम्बन्धी विनियमावली, २०७३ (संशोधन सहित) बमोजिम सम्पूर्ण प्रक्रिया पुरा गरी स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति (एक्विजिसन) सम्बन्धमा नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड र कम्पनी रजिष्ट्रारको कार्यालयबाट अन्तिम स्वीकृति प्राप्त गरि गाभिए पश्चात् विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको अन्तिम दिन सम्म कायम रहेको सम्पूर्ण सम्पत्ति, दायित्व, तथा अन्य सम्भावित दायित्वहरु नेपाल राष्ट्र बैंकबाट "घ" वर्गको इजाजतपत्र प्राप्त राष्ट्रियस्तरको स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले व्यहोर्ने/सकार्ने गरी मिति २०८३/०५/२१ गते आईतबारबाट एकीकृत कारोबार सञ्चालन गरिएको व्यहोरा सम्बन्धित सरोकारवालाहरु सबैमा यसै सूचना मार्फत जानकारी गराउँदछौं।



