स्वरोजगार लघुवित्तको घोषणा: १४.६२ प्रतिशत लाभांश वितरण गरिने
Author
Nepse trading

स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड (SLBBL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई १४.६२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। फागुन २१ गते बसेको सञ्चालक समितिको बैठकले यो निर्णय गरेको हो। जसअनुसार १३.८९ प्रतिशत बोनस शेयर र ०.७३१२ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) वितरण गरिनेछ। यो प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ।
हाल संस्थापक समूहको ५४.२६ प्रतिशत र सर्वसाधारणको ४५.७४ प्रतिशत शेयर स्वामित्व रहेकोमा सर्वसाधारणको हिस्सा ४७.२८ प्रतिशत पुर्याउन १,९५,७३३ कित्ता एफपीओ निष्काशन प्रक्रियामा छ। बुकक्लोज अघि सूचीकरण भएमा नयाँ शेयरधनीले पनि लाभांश पाउनेछन्।