NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Technical Analysts Say: Today's Market Decline is Normal
    प्रविधिक विश्लेषक भन्छन् : आज बजार घट्नु सामान्य
    Investor
    2 min read
    Published on January 23, 2025
    Dipesh Ghimire

    प्रविधिक विश्लेषक भन्छन् : आज बजार घट्नु सामान्यTechnical Analysts Say: Today's Market Decline is Normal

    नेप्से सूचक बिहीबार ११.१० विन्दुले घटेर २६५४.३५ अंकमा झरेको छ। यस दिन ३१८ कम्पनीका १ करोड ५१ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएका छन् भने कुल कारोबार रकम ७ अर्ब ८५ करोड रुपैयाँभन्दा बढी पुगेको छ। बजारमा पाँच वटा कम्पनी सकारात्मक सर्किट ब्रेकरमा पुगेका छन्। कारोबार रकमका आधारमा सप्तकोशी डेभलपमेन्ट बैंक ३० करोड ८९ लाख रुपैयाँको कारोबार गर्दै अग्रस्थानमा रह्यो। त्यसपछि एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनी र युनाइटेड मार्दी हाइड्रोपावर क्रमशः दोस्रो र तेस्रो स्थानमा परेका छन्।

    बजारको समग्र अवस्था

    बुधबारको तीव्र वृद्धिपछि बिहीबार बजारले नाफा बुक गर्न चाहने लगानीकर्ताहरूको कारणले करेक्सन अनुभव गरेको हो। बुधबार नेप्से सूचक ५२.३६ विन्दुले बढेर बजार उत्साहजनक बनेको थियो। तर, अल्पकालीन नाफा खोज्ने ट्रेडरहरूको सेलिङ प्रेसरका कारण बिहीबार बजार केही दबाबमा देखियो।

    नेपालको बजारमा प्रायः मारुबोजु क्यान्डल बनेको दिनपछिको दिन बजार घट्ने प्रवृत्ति देखिन्छ। यसै प्रवृत्ति अनुसार, बिहीबारको करेक्सनलाई विश्लेषकहरूले स्वाभाविक मानेका छन्। उनीहरूको भनाइमा, यस्तो करेक्सन बजारलाई स्वस्थ राख्नका लागि आवश्यक छ।

    सरकारद्वारा हालै ल्याइएको अध्यादेश र नीतिगत सुधारहरूले निजी क्षेत्रको उत्साहलाई बढाएको छ, जसको सकारात्मक प्रभाव सेयर बजारमा पनि देखिएको छ। यद्यपि, बजारमा साइडवेज वा करेक्सनको अवस्था हुनु स्वाभाविक मानिन्छ, र यसलाई चिन्ताको विषय बनाउनुपर्ने अवस्था छैन।

    इंट्राडे बजारको अवस्थाको विवरण

    बिहीबारको बजार खुलेसँगै २५ मिनेटभित्र नेप्से सूचक २६८० अंकसम्म पुगेको थियो। तर, बिहान ११:३७ बजे सूचक २६६३ अंकसम्म घट्यो। त्यसपछि, ११:५० बजे पुनः सुधार हुँदै बजार २६७३ अंकसम्म पुग्यो। तर, साढे १२ बजे फेरि करेक्सन आउँदा सूचक २६५४ अंकमा झर्‍यो। दिउँसो १ बजेसम्म सूचक केही सुधार गर्न खोजे पनि, अन्ततः दिनभरको कारोबारले सूचकलाई ११ अंकले घटाउँदै बन्द गर्‍यो।

    हिटम्यापको विश्लेषण

    नेप्से ट्रेडिङको एआई प्रविधिबाट तयार गरिएको हिटम्यापले बिहीबारका विभिन्न क्षेत्रका कम्पनीहरूको प्रदर्शनलाई प्रस्ट रूपमा चित्रण गरेको छ।

    • डेभलपमेन्ट बैंक क्षेत्र:

      • सप्तकोशी डेभलपमेन्ट बैंक (SAPDBL) ले ९.८९% को वृद्धि गर्दै उच्च प्रदर्शन गर्‍यो।

      • कोस्टल डेभलपमेन्ट बैंक (CORBL) ले १०% को उछाल ल्याएको छ।

    • हाइड्रोपावर क्षेत्र:

      • उपल्लो मध्य हाइड्रोपावर (UMRH) ७.४% ले वृद्धि भयो।

      • डोल्टी पावर (DOLTI) ले ७.५६% को सकारात्मक सर्किट हासिल गर्‍यो।

    • फाइनान्स क्षेत्र:

      • जनरल फाइनान्स (JFL) ले ७.४७% को गिरावट भोग्यो।

      • पृथ्वी फाइनान्स (PFL) ले ५.७४% ले कमी देखायो।

    • बैंकिङ क्षेत्र:

      • कुमारी बैंक (KBL) ले १.८८% को गिरावट भोग्यो।

      • ग्लोबल आईएमई बैंक (GBIME) १.५७% ले घट्यो।

    प्रविधिक विश्लेषण

    प्रविधिक विश्लेषकहरूका अनुसार, बुधबारको तीव्र वृद्धिपछि बिहीबारको बजारको गिरावटलाई स्वाभाविक मान्नुपर्छ। हिजो बजारमा "बाई" संकेत दिने धेरै प्राविधिक सूचकहरू देखिएका थिए। बिहीबारको करेक्सनले ती सूचकहरूको दीर्घकालीन प्रभावलाई कुनै असर नपारेको विश्लेषण गरिएको छ।

    नेप्से ट्रेडिङ साइटमा लगानीकर्ताहरूले पोस्ट गरेका चार्टहरूका अनुसार:

    • सिक्लेस हाइड्रोपावर १३ सयसम्म पुग्न सक्ने अनुमान गरिएको छ।

    • निर्धन उत्थान लघुवित्त को चार्टले स्पष्ट रूपमा बाई जोन देखाएको छ।

    • सीएचडीसी को चार्टले १७१७ मा बाई संकेत गरेको छ।

    ब्रोकर विश्लेषण

    आजको बजारमा कारोबारका आधारमा शीर्ष १० ब्रोकरहरूको विवरण यस्तो छ:

    • ब्रोकर नं. ५८: ४१ करोड १० लाखको बाई र ५२ करोड २३ लाखको सेल।

    • ब्रोकर नं. ४५: २७ करोड ६८ लाखको बाई र २८ करोड ७ लाखको सेल।

    • ब्रोकर नं. ३४: ३२ करोड ४१ लाखको बाई र २८ करोड ४५ लाखको सेल।

    स्टकअनुसार विश्लेषण

    • एक्सल डेभलपमेन्ट बैंक: ६८% खरिद ब्रोकर नं. ६५ बाट।

    • सप्तकोशी डेभलपमेन्ट बैंक: ४२% खरिद ब्रोकर नं. ४१ बाट।

    • सिक्लेस हाइड्रोपावर: ३८% खरिद ब्रोकर नं. ४३ बाट।

    बिहीबारको बजारमा लगानीकर्ताहरूले अल्पकालीन नाफा बुक गरेपछि बजारले करेक्सन अनुभव गर्‍यो। तर, बजारको दीर्घकालीन उकालो यात्रा कायम रहने अपेक्षा गरिएको छ। डेभलपमेन्ट बैंक र हाइड्रोपावर क्षेत्रमा लगानीकर्ताको आकर्षण बढ्दै गएको देखिन्छ। आगामी आइतबारको कारोबार बजारको भावी प्रवृत्ति निर्धारण गर्न महत्त्वपूर्ण हुने छ।

    The NEPSE index fell by 11.10 points on Thursday, closing at 2,654.35. A total of 318 companies traded over 15.1 million shares, with a total turnover exceeding NPR 7.85 billion. Five companies hit the positive circuit breaker, while Saptakoshi Development Bank led the trading volume with NPR 308.9 million, followed by NRN Infrastructure and Development Company and United Mardi Hydro Power in second and third positions, respectively.

    Market Analysis

    After Wednesday's sharp rise of 52.36 points, Thursday saw profit-booking by short-term traders, which pressured the index. Historically, Nepal's stock market tends to dip the day after forming a Marubozu candle, and Thursday's correction aligned with this trend. Analysts attribute the market correction to selling pressure from short-term traders, deeming it a natural adjustment following a significant uptick.

    The government's recently introduced ordinance and policy reforms have also contributed to heightened private-sector enthusiasm, which reflects in the market's broader sentiment. Despite minor corrections, the market remains optimistic for a rebound in the coming days. Analysts suggest that Sunday’s trading session will be pivotal in setting the tone for the market’s direction.

    Intraday Market Movement

    The market opened with an upward trend, climbing to 2,680 points within the first 25 minutes. By 11:37 AM, the index dropped to 2,663 points before bouncing back to 2,673 points at 11:50 AM. However, as the session progressed, selling pressure led to a gradual decline, closing the day with an 11-point loss.

    Heatmap Insights

    NEPSE Trading's AI-powered heatmap revealed diverse performances across sectors. Development Banks and Hydropower sectors emerged as the top performers, reflecting strong investor interest. The map also displayed a mix of buying and profit-booking behaviors among investors.

    Technical Analysis

    Technical analysts describe Thursday's decline as a natural correction following Wednesday's surge. Most indicators still show a "buy" signal, maintaining confidence in the market’s overall upward trend. User-generated charts on the NEPSE Trading platform highlight potential buying zones for stocks like Sikles Hydropower, which some users predict may rise to NPR 1,300. Similarly, users have identified Nirdhan Utthan Laghubitta and CHDC as promising stocks with clear buy signals.

    Broker Analysis

    An analysis of the top 10 brokers revealed that five were net buyers, while the other five were net sellers. Broker #58 led the trading volume with NPR 411 million in buys and NPR 522.3 million in sells. Similarly, Broker #45 recorded NPR 276.8 million in buys and NPR 287 million in sells. Broker #34 purchased stocks worth NPR 324.1 million while selling stocks worth NPR 284.5 million.

    Stock-wise Broker Activity

    • Broker #65 accounted for 68% of Excel Development Bank's total trades, buying 102,000 shares.

    • Broker #41 purchased 42% of Saptakoshi Development Bank’s total trades.

    • Broker #58 was responsible for 38% of CLI’s trades, while Broker #43 handled 38% of Sikles Hydropower’s trades.

    • On the selling side, Broker #58 offloaded 61% of Sahas Urja, and Broker #28 sold 30% of HIDCL’s promoter shares.

    Thursday’s market highlighted a balance of buying and selling activities, with notable interest in the Development Bank and Hydropower sectors. Despite the correction, market participants remain optimistic about a rebound fueled by favorable liquidity conditions and investor sentiment.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026