NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Thamel Welcomes ‘The Golden Thali’: A New Gateway to Authentic Nepali Cuisine
    ठमेलमा ‘द गोल्डेन थाली’को उद्घाटन: ठेट नेपाली स्वादलाई नयाँ उचाइमा
    Top
    2 min read
    Updated on December 5, 2024
    NEPSE trading

    ठमेलमा ‘द गोल्डेन थाली’को उद्घाटन: ठेट नेपाली स्वादलाई नयाँ उचाइमाThamel Welcomes ‘The Golden Thali’: A New Gateway to Authentic Nepali Cuisine

    काठमाडौँ – पर्यटकहरूको रोजाइको केन्द्र ठमेलले आफ्नो खाद्य संस्कृति अझै समृद्ध बनाउँदै ‘द गोल्डेन थाली’ को स्वागत गरेको छ। ठमेल इको रिसोर्ट परिसरमा संचालनमा आएको यो रेस्टुरेन्टले ठेट नेपाली खानाको मौलिक स्वादलाई आधुनिक शैलीमा प्रस्तुत गर्दै विश्वव्यापी रूपमा प्रचार गर्ने लक्ष्य लिएको छ। पर्यटन क्षेत्रका अनुभवी व्यक्तित्व राजन सिम्खडा र मोहन लम्साल तथा शेफ नेपालको टोलीले संयुक्तरूपमा सुरु गरेको यो परियोजनाले नेपाली पाककला क्षेत्रमा नयाँ मापदण्ड स्थापित गर्ने प्रयास गरेको छ।

    नेपाली पाक–परम्पराको जगेर्ना

    ‘द गोल्डेन थाली’ ले नेपालका मध्य पहाडी क्षेत्रका परम्परागत खानालाई प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ, जुन प्रायः ठमेल जस्ता पर्यटक केन्द्रहरूमा अन्तर्राष्ट्रिय परिकारहरूले ओझेलमा पर्ने गरेका छन्। सिलौटोमा पिनेको मसला, ताजा अचार र मौलिक तयारी शैलीमार्फत यसले नेपाली परिकारको मौलिकता जोगाउने प्रयास गरेको छ।

    थालीमा परिकार छान्न पाउने विकल्पले यसलाई अन्य परम्परागत थालीबाट फरक बनाएको छ। मास, सिमी, मिक्स दाल, मकै, कोदो र फापरको ढिँडो, र मार्सी, बासमती, ताइचिन जस्ता चामलका विविधताले ग्राहकलाई आफूसुबिधा अनुसारको खानाको छनोट गर्न सहज बनाएको छ।

    पर्यटन र अर्थतन्त्रमा प्रभाव

    एकैपटक १०० भन्दा बढी व्यक्तिलाई सेवा दिनसक्ने क्षमताको साथ यो रेस्टुरेन्ट बिहान ११ बजेदेखि राति १० बजेसम्म सञ्चालन हुने छ। शाकाहारी थालीको मूल्य रु ५५० बाट सुरु हुने यो स्थानले स्थानीय तथा विदेशी ग्राहकलाई आकर्षित गर्दै ठमेलको पर्यटन क्षेत्रलाई थप टेवा पुर्‍याउनेछ।

    स्थानीय आपूर्ति श्रृंखलाबाट सामग्री खरिद गरी रेस्टुरेन्टले क्षेत्रीय उत्पादनको प्रवर्द्धन गर्ने र रोजगारीका अवसर सिर्जना गर्ने लक्ष्य लिएको छ।

    ठमेल इको रिसोर्ट परिसरलाई केवल खानपिनको ठाउँ मात्र नभई सांस्कृतिक पाक अनुभवको केन्द्र बनाउने योजना निर्माण भइरहेको छ। ‘टिफ्रेशो’ नामक पेय पदार्थको आउटलेटदेखि नेपाली तपास बार जस्ता सेवाहरूले यहाँको आकर्षणलाई थप बढाएको छ।

    सीईओ अनु ढकालको भनाइ अनुसार, यस स्थानलाई नेपाली पाककला र संस्कृति अनुभव गर्ने विशेष गन्तव्यका रूपमा विकास गर्दै लगिने योजना रहेको छ।

    ‘द गोल्डेन थाली’ ले परम्परा र आधुनिकताको अनुपम संयोजन प्रस्तुत गर्दै नेपाली खानाको महत्त्वलाई नयाँ उचाइमा पुर्‍याएको छ। यसको माध्यमबाट नेपाली खानालाई अन्तर्राष्ट्रिय रूपमा चिनाउने सम्भावना बढेको छ। आगामी दिनमा यसले अन्य व्यवसायहरूलाई पनि यस्तै प्रेरणा दिनसक्छ, जसले नेपाली पाक–संस्कृतिलाई विश्वसामु चिनाउन मद्दत पुग्नेछ।

    Kathmandu – The bustling streets of Thamel have welcomed a new addition to its vibrant culinary scene with the launch of The Golden Thali. Situated within the Thamel Eco Resort complex, the restaurant offers an innovative take on traditional Nepali cuisine while preserving its authenticity. Backed by hospitality veterans Rajan Simkhada and Mohan Lamsal, along with the creative expertise of Chef Nepal, this venture stands as a testament to the evolving Nepali food culture.

    Reviving Nepali Culinary Heritage

    The Golden Thali aims to showcase and promote Nepal's mid-hill region cuisines, which are often overshadowed by international dishes in tourist hotspots like Thamel. By incorporating a diverse range of flavors, the restaurant sets itself apart from conventional thali offerings. The choice to freshly grind spices and use traditional preparation methods signifies a dedication to authenticity that appeals to both locals and tourists.

    This approach not only revitalizes interest in Nepali dishes but also positions The Golden Thali as a cultural ambassador, drawing attention to Nepal’s rich culinary traditions. The inclusion of customizable options, such as different types of lentils, rice, and dhido, breaks away from the rigidity of conventional thalis, aligning with modern preferences for personalization.

    Economic and Tourism Impact

    With the ability to serve over 100 guests simultaneously and operating from 11 AM to 10 PM, the restaurant is poised to cater to the high footfall of Thamel. The pricing, starting at NPR 550 for a vegetarian thali, strikes a balance between accessibility for locals and value for international tourists. This initiative not only boosts local tourism but also generates employment and supports the local supply chain, as many ingredients are sourced fresh.

    A Culinary Hub in the Making

    The Thamel Eco Resort complex is transforming into more than just a dining destination. The inclusion of Teafresho, offering beverages from affordable teas to premium orthodox varieties, and the Nepali Tapas Bar, serving local coffee and drinks, reflects a holistic approach to elevating Nepali food and drink culture.

    CEO Anu Dhakal's vision of developing the area into a hub for authentic Nepali culinary experiences could further position Kathmandu as a gastronomic destination on the global map.

    The Golden Thali exemplifies the blend of tradition and innovation. By celebrating Nepal's culinary heritage while catering to modern tastes, it sets a new standard for Nepali dining. As it continues to attract diners, it may inspire similar ventures, helping Nepal's cuisine achieve the global recognition it richly deserves.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026