नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ट्रेड टावर लिमिटेडको आईपीओ सेयर सूचीकृत भएको छ। मंगलबार नेप्सेमा कम्पनीका जम्मा ८१ लाख ५६ हजार ९७ कित्ता सेयर सूचीकृत भएका हुन्। जसमा सर्वसाधारणका लागि वितरण गरिएको ३९ लाख ७१ हजार ६९३ कित्ता सेयर र संस्थापक समूहको ४२ लाख ८४ हजार ४०४ कित्ता सेयर समावेश छन्।
सूचीकृत सेयरको कारोबार भोलि बुधबारबाट सुरु हुने नेप्सेले जानकारी दिएको छ। पहिलो दिनको कारोबारका लागि कम्पनीको ओपनिङ रेन्ज प्रतिकित्ता न्यूनतम १२३ रुपैयाँ ९ पैसा र अधिकतम ३६९ रुपैयाँ २७ पैसा तोकिएको छ। नेप्सेले ट्रेड टावरलाई 'टीटीएल' संकेत प्रदान गरेको छ।





