युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड
(नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतपत्र प्राप्त लघुवित्त वित्तीय संस्था)
केन्द्रीय कार्यालय, कोहलपुर न.पा. ११, बाँके
फोन नं. ०८१ ५४०२१३, टोल फ्रि नं. १६६०८१५४०८१
विशेष साधारण सभा सम्बन्धी सूचना
(प्रथम पटक प्रकाशित: २०८०/०४/३०)
आदरणीय शेयरधनी महानुभावहरु,
यस वित्तीय संस्थाको सञ्चालक समितिको २०८० साल साउन २९ गते सोमबार बसेको १२१औं बैठकको निर्णय अनुसार यस वित्तीय संस्थाको विशेष साधारण सभा निम्न लिखित मिति, समय र स्थानमा देहायका विषयहरु उपर छलफल तथा निर्णय गर्न बस्ने भएको हुँदा कम्पनी ऐन, २०६३ को दफा ६७ बमोजिम सम्पूर्ण शेयरधनी महानुभावहरुको जानकारी तथा उपस्थितिका लागि अनुरोध गर्दै यो सूचना प्रकाशित गरिएको छ।
विशेष साधारण सभा हुने मिति, समय र स्थान :
मिति : २०८० भदौ १४ गते बिहीबार (तदनुसार ३१ अगस्ट, २०२३)
समय : बिहान १०:३० बजे
स्थान : १. केन्द्रीय कार्यालय, कोहलपुर न.पा. ११, बाँके र
२. रियल टाइम अनलाइन प्रविधि (भौतिकरुपमा उपस्थित हुन नसक्ने शेयरधनीहरुका लागि)
(जुम वा वेबिनार मिटिङ्गको लिङ्क संस्थाको वेबसाइटमा राखिने छ र सम्भव भएसम्म शेयरधनीहरुको मोबाइल नम्बरमा पनि जुम वा वेबिनार लिङ्क पठाइने छ ।)
छलफलका विषयहरु:
(क) विशेष प्रस्तावहरु
१. युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड, जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको सम्पत्ति, दायित्व तथा कारोवारको पुनः समायोजित मूल्यांकन (Due Diligence Audit-DDA) प्रतिवेदनको आधारमा सञ्चालक समितिले आधार नेटवर्थमा पुनः समायोजन गरेको प्रतिशत बमोजिम शेयर आदान प्रदान अनुपात (Share SWAP Ratio) सहित गाभ्ने गाभिने (Merger) सम्बन्धी सञ्चालक समितिको प्रस्ताव पारित गर्ने ।
२. तीन वटै लघुवित्त वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने (Merger) सिलसिलामा नियमनकारी निकायबाट कुनै संशोधन, फेरबदल वा परिमार्जनका लागि निर्देशन वा सुझाव भएमा सोही बमोजिम कार्य गर्न सञ्चालक समितिलाई वा सञ्चालक समितिले तोकेको पदाधिकारीलाई पूर्ण अख्तियारी प्रदान गर्ने ।
(ख) विविध ।
सञ्चालक समितिको निर्णय अनुसार
कम्पनी सचिव
विशेष साधारण सभा सम्बन्धी अन्य जानकारी :



