युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड
(नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतपत्र प्राप्त संस्था)
केन्द्रीय कार्यालय, कोहलपुर न.पा. ११, बाँके
फोन नं. ०८१ ५४०२१३, टोल फ्रि नं. १६६०८१५४०८१
विशेष साधारण सभाको सूचना
(प्रथम पटक प्रकाशित: २०८३/०२/२६)
आदरणीय शेयरधनी महानुभावहरु,
यस वित्तीय संस्थाको सञ्चालक समितिको २०८३ साल जेठ २५ गते सोमबार बसेको १११औं बैठकको निर्णय अनुसार यस वित्तीय संस्थाको विशेष साधारण सभा निम्न लिखित मिति, समय र स्थानमा देहायका विषयहरु उपर छलफल तथा निर्णय गर्न बस्ने भएको हुँदा कम्पनी ऐन, २०६३ को दफा ६७ बमोजिम सम्पूर्ण शेयरधनी महानुभावहरुको जानकारी तथा उपस्थितिका लागि अनुरोध गर्दै यो सूचना प्रकाशित गरिएको छ ।
विशेष साधारण सभा हुने मिति, समय र स्थान
मिति: २०८३ असार १० गते बुधवार (तदनुसार २४ जुन, २०२६)
समय: विहान १०:३० बजे
स्थान:
१. केन्द्रीय कार्यालय, कोहलपुर न.पा. ११, बाँके र
२. रियल टाइम अनलाइन प्रविधि (जुम वा वेविनार) बाट विशेष साधारण सभामा जोडिने लिङ्क संस्थाको वेवसाइटमा राखिने छ र सम्भव भएसम्म शेयरधनीहरुको मोबाइल नम्बरमा जुम वा वेविनार लिङ्क पठाइने छ ।)
छलफलका विषयहरु:
(क) विशेष प्रस्तावहरु:
- यस युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड, कोहलपुर बाँके, जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड, कटहरी मोरङ्ग र मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड, बनेपा काभ्रेपलाञ्चोक बीच एक आपसमा गाभ्ने/गाभिने सम्बन्धमा सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूको प्रतिवेदन पारित गर्ने ।
- तीनवटै लघुवित्त वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने सम्बन्धमा हालसम्म गरिएको काम कारबाही, निर्णय, खर्च रकम र लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक अनुमोदन गर्ने ।
- तीनवटै लघुवित्त वित्तीय संस्थाको सम्पत्ति, दायित्व तथा कारोबारको मूल्याङ्कन (Due Diligence Audit-DDA) प्रतिवेदनको आधारमा संयुक्त मर्जर समितिको सिफारिसमा सञ्चालक समितिले निर्धारण गरेको शेयर आदान प्रदान अनुपात (Share SWAP Ratio) सहित गाभ्ने/गाभिने (Merger) सम्बन्धी सम्झौताको प्रस्ताव पारित गर्ने ।
- तीनवटै लघुवित्त वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने सम्बन्धमा तयार गरिएको अन्तिम सम्झौता पत्र र व्यावसायिक योजना तथा प्रक्षेपण (Business Plan and Projection) स्वीकृत गर्ने ।
- तीनवटै लघुवित्त वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने लगायतका थप कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने ।
सञ्चालक समितिको निर्णय अनुसार
कम्पनी सचिव
विशेष साधारण सभा सम्बन्धी अन्य जानकारी




