संस्थापक तथा सर्वसाधारण समूहको अवितरित हकप्रद
शेयर बोलपत्रद्वारा बिक्री गर्ने बारेको सूचना ।
यूनाईटेड अजोड इन्स्योरेन्स लिमिटेडको हकप्रद शेयर बिक्री खुल्ला गरी आवेदन माग गरिएकोमा तपशिल बमोजिमको शेयरहरु बाँकी रहेको हुँदा उक्त शेयरहरु खरिद गर्न योग्य इच्छुक जो कोही व्यक्ति कम्पनी संघसंस्थाहरुले मिति २०८३ असार ०८ गते भित्र देहाय बमोजिमको स्थानहरुमा आइपुग्ने गरी प्रति कित्ता के-कति दर रेटमा लिन कबुल गर्नेहो सो समेत खुलाई गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुहुन अनुरोध गरिन्छ।
बोलपत्रद्वारा बिक्री गरिने शेयरको विवरण
संस्थापक समूहतर्फ: ६३,८४७ कित्ता
सर्वसाधारण समूहतर्फ: ६,६३३ कित्ता
सि. नं. बोलपत्र आवेदन फाराम पाइने र बुझाउने स्थान (संकलन केन्द्र)हरु :
१ श्री लक्ष्मी सनराइज क्यापिटल लिमिटेड, कमलपोखरी, काठमाडौं ।
२ श्री लक्ष्मी सनराइज बैंक लिमिटेड शाखा कार्यालयहरु: कोशी प्रदेश: विराटनगर-हनुमानदास सडक, प्रदेश १, वीरगञ्ज-आदर्शनगर, जनकपुर-भानुचोक बागमती प्रदेश: हेटौंडा-पारिजात पथ, नारायणघाट-बालकुमारी चोक गण्डकी प्रदेश: पोखरा-न्यूरोड लुम्बिनी प्रदेश: बुटवल-मिलन चोक, नेपालगञ्ज-न्यूरोड कर्णाली प्रदेश: वीरेन्द्रनगर-वीरेन्द्रचोक सुदुरपश्चिम प्रदेश: धनगढी-शहीद गेट
शिलबन्दी बोलपत्र पेश गर्ने सुरु मिति : २०८३ जेठ २८ गते
शिलबन्दी बोलपत्र पेश गर्ने अन्तिम मिति : २०८३ असार ०८ गते
न्यूनतम मूल्य प्रति शेयर रु.१००/-
अन्य विस्तृत जानकारीका लागि मिति २०८३/०२/२२ गतेको “नागरिक तथा नेपाल समाचारपत्र” राष्ट्रिय दैनिकमा प्रकाशित कसूचना हेर्नुहुन अनुरोध गर्दछौं।
नोट: बोलपत्रहरु सम्पूर्ण संकलन केन्द्रहरुबाट बिक्री प्रबन्धकको कार्यालयमा संकलन भए पश्चात् बोलपत्र खोलिने मिति समय र स्थान उल्लेख गरी राष्ट्रिय स्तरको पत्रिकामा सूचना प्रकाशन गरी जानकारी गराएपश्चात् खोलिने छ।




