संस्थापक समूहको अवितरित हकप्रद शेयर बोलपत्रद्वारा बिक्री गर्ने बारेको सूचना ।
युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको हकप्रद शेयर बिक्री खुल्ला गरी आवेदन माग गरिएकोमा देहाय बमोजिमको शेयरहरुका लागि आवेदन नपरेकाले प्रचलित कानून तथा धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को नियम २१ मा भएको व्यवस्था बमोजिम प्रथम पटक मिति २०८३/०२/२१ गते देखि मिति २०८३/०३/०८ गते सम्म लिलाम बढाबढ गरि बिक्री गर्न बोलपत्र आव्हान गर्दा साविकका संस्थापक शेयरधनीहरुबाट दरखास्त प्राप्त हुन नआएको हुदाँ निष्काशन कम्पनीका सञ्चालक समितिको निर्णय अनुसार उक्त शेयरहरु खरिद गर्न इच्छुक यस कम्पनीका विद्यमान संस्थापक तथा योग्य इच्छुक जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले मिति २०८३/०४/०१ गते शुक्रवार (बैंकिङ्ग समयसम्म) भित्र देहाय बमोजिमको स्थानहरुमा आइपुग्ने गरी प्रति कित्ता के-कति दर रेटमा लिन कबुल गर्नेहो सो समेत खुलाई गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुहुन अनुरोध गरिन्छ ।
बोलपत्रद्वारा बिक्री गरिने संस्थापक समूहको अवितरित हकप्रद शेयरको विवरण
संस्थापक समूहतर्फ: ६३,८४७ कित्ता
सि. नं. बोलपत्र आवेदन फाराम पाइने र बुझाउने स्थान (संकलन केन्द्र) हरु :
१. श्री लक्ष्मी सन्राइज क्यापिटल लिमिटेड, कमलपोखरी, काठमाडौं ।
२. श्री लक्ष्मी सन्राइज बैंक लिमिटेड शाखा कार्यालयहरु: कोशी प्रदेश: विराटनगर-हनुमानदास सडक मधेश प्रदेश: वीरगञ्ज-आदर्शनगर, जनकपुर-भानुचोक बागमती प्रदेश: हेटौंडा-पारिजात पथ, नारायणघाट-बालकुमारी चोक गण्डकी प्रदेश: पोखरा-न्युरोड लुम्बिनी प्रदेश: बुटवल-मिलन चोक, नेपालगञ्ज-न्युरोड कर्णाली प्रदेश: वीरेन्द्रनगर-वीरेन्द्रचोक सुदुरपश्चिम प्रदेश: धनगढी-शहीद गेट
शिलबन्दी बोलपत्र पेश गर्ने सुरु मिति: २०८३ असार २५ गते
शिलबन्दी बोलपत्र पेश गर्ने अन्तिम मिति: २०८३ साउन ०१ गते
न्यूनतम मूल्य प्रति शेयर रु.१००/-
अन्य विस्तृत जानकारीका लागि मिति २०८३/०३/१९ गतेको “आर्थिक राष्ट्रिय दैनिक तथा नेपाल समाचारपत्र राष्ट्रिय दैनिकमा” प्रकाशित सूचना हेर्नुहुन अनुरोध गर्दछौं ।
नोट: बोलपत्रहरु सम्पूर्ण संकलन केन्द्रहरुबाट बिक्री प्रबन्धकको कार्यालयमा संकलन भए पश्चात् बोलपत्र खोलिने मिति समय र स्थान उल्लेख गरी राष्ट्रिय स्तरको पत्रिकामा सूचना प्रकाशन गरी जानकारी गराएपश्चात् खोलिने छ ।
बिक्री प्रबन्धक
LS CAPITAL
नयाँ बानेश्वर, काठमाडौं । फोन: ५१९००६४



