
युनाईटेड इदी मार्दीले साधारण सभा बोलायो, लाभांश र हकप्रद प्रस्ताव पारित गर्नेUnited Idi Mardi Calls General Meeting to Approve Dividend and Rights Issue
युनाईटेड इदी मार्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेड (UMRH) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ४% बोनस शेयर र ०.२११% नगद लाभांश वितरण तथा १:१ अनुपातमा हकप्रद शेयर निष्काशनको प्रस्ताव पारित गर्न चैत ११ गते १५ औँ वार्षिक साधारण सभा बोलाएको छ। पोखराको आभ्या क्लबमा बिहान ११ बजे हुने सभाले प्रबन्धपत्र संशोधन, सञ्चालक निर्वाचन र लेखापरीक्षक नियुक्तिको प्रस्ताव पनि पारित गर्नेछ। सभा र लाभांशका लागि फागुन २३ गते बुकक्लोज हुनेछ, जसअनुसार फागुन २२ गतेसम्म कायम शेयरधनीले सहभागिता र लाभांश पाउनेछन्।
United Idi Mardi & RB Hydropower Limited (UMRH) has called its 15th Annual General Meeting (AGM) on March 24, 2025, to approve a 4% bonus share and 0.211% cash dividend distribution from last fiscal year’s profit, along with a 1:1 rights share issuance. The meeting, scheduled at 11 AM at Abhya Club in Pokhara, will also pass proposals to amend the company’s memorandum and regulations, elect directors, and appoint an auditor. The company will close its books on March 7, 2025, meaning shareholders registered by March 6, 2025, can participate and receive the dividend.




