युनाईटेड मोदी हाइड्रोपावर लिमिटेडको
आ.व. २०७३/७४, २०७४/७५, २०७५/७६ र २०७६/७७ को नगद लाभांश
लिन बाँकी शेयरधनी महानुभावहरुलाई अत्यन्त जरुरी सूचना
(प्रकाशित मिति: २०८३/०२/२३)
नेपाल सरकार, उद्योग मन्त्रालय, कम्पनी रजिष्ट्रारको कार्यालयबाट मिति २०७३/०८/०२ मा प्रकाशित सार्वजनिक सूचना बमोजिम कम्पनी ऐन, २०६३ को दफा १८४ ले व्यवस्था गरे बमोजिम लगानीकर्ता संरक्षण कोषको स्थापना, व्यवस्थापन तथा सञ्चालन गर्नको लागि “लगानीकर्ता संरक्षण कोष व्यवस्थापन तथा सञ्चालन कार्यविधि, २०७५” स्वीकृत भई उक्त कोषको स्थापना भईसकेकोले कम्पनी ऐन, २०६३ को दफा १८४ को उपदफा (१) अनुसार लाभांश वितरण गर्ने विषयमा युनाईटेड मोदी हाइड्रोपावर लिमिटेडको साधारण सभाले निर्णय गरेको मितिले ५ वर्षसम्म पनि युनाईटेड मोदी हाइड्रोपावर लिमिटेडको शेयरधनीले बुझी नलिएको आ.व. २०७३/७४, २०७४/७५, २०७५/७६ र २०७६/७७ को नगद लाभांश रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा गर्नुपर्ने भएको हुदा कम्पनी ऐन, २०६३ को दफा १८४ को उपदफा (१०) तथा लगानीकर्ता संरक्षण कोष व्यवस्थापन तथा सञ्चालन कार्यविधि, २०७५ को दफा ५ को उपदफा (२) तथा दफा ७ को उपदफा (२) समेतको प्रयोजनार्थ यो सूचना प्रकाशित गरिएको छ ।
अतः यो सूचना प्रकाशित भएको मितिले ६० दिनभित्र युनाईटेड मोदी हाइड्रोपावर लिमिटेडको शेयर रजिष्ट्रार सिटिजन्स क्यापिटल लिमिटेड, बाटुलेघर, डिल्लीबजार, काठमाण्डौमा आवश्यक कागजात तथा विवरणहरु सहित सम्पर्क गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ । अन्यथा उक्त अवधि पश्चात लिन बाँकी नगद लाभांश लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने व्यहोरा समेत यसै सूचना मार्फत जानकारी गराउँदछौँ ।
पुनश्चः हालसम्म पनि शेयर अभौतिकीकरण गर्न बाँकी रहनुभएका शेयरधनीहरुले शेयर अभौतिकीकरण गराउनु हुन तथा हितग्राही खातामा बैंक खाता न अद्यावधिक नभएका शेयरधनीहरुलाई आफ्नो हितग्राही खाता (BOID No.) मा बैंक खाताको विवरण अद्यावधिक गराउनु हुन समेत अनुरोध गरिन्छ ।




