
तेल महँगिँदा पनि अमेरिकी शेयर बजारले नयाँ कीर्तिमान बनायोUS Stock Markets Hit New Records Despite Oil Price Surge
मध्यपूर्वको भूराजनीतिक तनावले कच्चा तेलको बजारमा आगो सल्काए पनि अमेरिकी शेयर बजारले भने सोमबार नयाँ उचाइ छोएको छ । तेलको मूल्यवृद्धिले प्रारम्भमा बजारमा केही सुस्तपन देखाए पनि दिनको अन्त्यमा लगानीकर्ताको मनोबल बलियो रहँदा प्रमुख सूचकाङ्कहरू हरियो क्षेत्रमै बन्द भए ।
एस एन्ड पी ५०० सूचकाङ्क ०.३ प्रतिशतले उकालो लाग्दै अघिल्लो दिनकै आफ्नो कीर्तिमान तोड्न सफल भयो । डाउ जोन्स औद्योगिक औसत ४६ अंक अर्थात् ०.१ प्रतिशतले बढ्यो भने प्रविधि कम्पनीहरूको प्रतिनिधि न्यास्ड्याक कम्पोजिटले पनि ०.४ प्रतिशतको छलाङ मार्दै नयाँ रेकर्ड दर्ज गर्यो ।
ऊर्जा बजारमा भने अर्कै तस्बिर देखियो । अमेरिका र इरानबीचको तनाव तथा युद्धविरामबारेको अनिश्चितताले ब्रेन्ट कच्चा तेलको मूल्य करिब ४.२ प्रतिशतले उफ्रिँदै प्रति ब्यारेल ९४.९८ डलर पुग्यो । युद्ध सुरु हुनुअघि ७० डलरको हाराहारीमा रहेको तेलको भाउ पछिल्लो तनावपछि उच्च स्तरमै टिकिरहेको छ, जसले विश्वव्यापी मुद्रास्फीतिमा थप दबाब थपेको विश्लेषकहरूले बताएका छन् ।
तेल महँगिँदाको सबैभन्दा ठूलो मार उड्डयन क्षेत्रले खेप्यो । इन्धन खर्च बढ्ने आशंकाले केही एयरलाइन्स कम्पनीहरूको शेयर मूल्य घट्यो । तथापि दिनको उत्तरार्धमा तेलको भाउ केही सम्हालिएपछि बजारको समग्र माहोल शान्त बन्दै गयो ।
विश्लेषकहरूका अनुसार लगानीकर्ताहरू अझै अमेरिका–इरान सम्झौताको आशामा छन् । यस्तो सहमति भएमा होर्मुज जलडमरूमध्यबाट तेलको आपूर्ति सहज हुने, ऊर्जा मूल्य घट्ने र मुद्रास्फीतिको दबाब कम हुने अपेक्षा गरिएको छ ।
Rising crude oil prices fuelled by Middle East tensions failed to dampen Wall Street's spirits on Monday, as American stock markets pushed to fresh all-time highs. Though the initial trading session showed some hesitation amid the oil price spike, investor confidence held firm through the day and all major indices closed in positive territory.
The S&P 500 climbed 0.3 percent, surpassing its own record set just the previous session. The Dow Jones Industrial Average added 46 points, or 0.1 percent, while the technology-heavy Nasdaq Composite jumped 0.4 percent to set a new record of its own.
The energy market told a different story. Escalating tensions between the United States and Iran, compounded by uncertainty over a potential ceasefire, drove Brent crude oil prices up nearly 4.2 percent to $94.98 per barrel. Before the conflict began, oil had been trading around the $70 mark — the sustained rise since then has been adding upward pressure on global inflation, with knock-on effects on interest rates and financial markets, analysts noted.
The aviation sector bore the sharpest pain from the oil surge, with several airline stocks sliding on concerns over rising fuel costs. However, as crude prices steadied toward the latter part of the session, broader market pressure eased and smaller-cap indices also found their footing.
Analysts say investors are still holding out hope for a US-Iran agreement that could ease the flow of oil through the Strait of Hormuz. Such a deal, if reached, is widely expected to bring energy prices down and take some of the heat off global inflationary pressures.



