आदरणीय सेयरधनी महानुभावहरु,
यस विजय लघुवित्त वित्तीय संस्था लि.को मिति २०८३/०३/०१ गते बसेको सञ्चालक समितिको ४६ औं बैठकको निर्णय अनुसार यस वित्तीय संस्थाको सत्रौं वार्षिक साधारणसभा देहायका विषयहरुमा छलफल तथा निर्णय गर्न निम्न मिति, समय तथा स्थानमा बस्ने भएकोले सम्पूर्ण सेयरधनी महानुभावहरुको जानकारी तथा उपस्थितिको लागि कम्पनी ऐन २०६३ को दफा ६७ (२) बमोजिम यो सूचना प्रकाशित गरिएको छ।
सभा बस्ने मिति, समय र स्थान:
मिति:- २०८३ साल आषाढ २६ गते शुक्रवार (तदनुसार जुलाई १०, २०२६)।
समय:- दिनको ०१:०० बजे।
स्थान:- धुलिखेल लज रिसोर्ट, धुलिखेल, काभ्रेपलाञ्चोक।
छलफलका विषयहरु:
क) सामान्य प्रस्ताव:
- सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूद्वारा प्रस्तुत आ.व. २०८१/८२ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने।
- विजय लघुवित्त वित्तीय संस्था लि.को लेखापरीक्षकको प्रतिवेदन सहित २०८२ आषाढ मसान्तको वासलात, आ.व. २०८१/८२ को नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरणसहितको वित्तीय विवरण तथा सो सम्बन्धी अनुसूचीहरु छलफल गरी पारित गर्ने।
- बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ६२ तथा कम्पनी ऐन २०६३ को दफा १११ अनुसार यस वित्तीय संस्थाको आ.व. ०८२/८३ को लेखापरीक्षण कार्यको लागि कम्पनी ऐन २०६३ को दफा १६५ (घ) बमोजिम लेखापरीक्षण समितिबाट सिफारिस भए बमोजिम बाह्य लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक तथा सेवा सुविधा बारेमा निर्णय गर्ने। (साविकका लेखापरीक्षक B.P. Associates का FCA प्रविण बराल पुनः नियुक्त हुन योग्य हुनुहुनेछ।)
- संस्थाको सञ्चालक समितिबाट भएको स्वतन्त्र सञ्चालकको नियुक्ति जानकारी गराउने सम्बन्धमा।
ख) विशेष प्रस्तावहरु:
- नेपाल राष्ट्र बैंकबाट प्राप्त स्वीकृति बमोजिम साविक विजय लघुवित्त वित्तीय संस्था लिमिटेड तर्फको संस्थापक शेयरधनीहरुको नाममा कायम रहेको संस्थापक शेयरमध्ये एकीकृत संस्थाको कुल चुक्ता पुँजीको १.२२ प्रतिशतले हुने संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत गर्ने सम्बन्धमा।
- नियामक निकायको स्वीकृति प्राप्त भएको अवस्थामा मात्र जारी गर्ने गरी प्रचलित कानून तथा व्यवस्थाको अधिनमा रही सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम तत्काल कायम रहेको चुक्ता पुँजी रु. ७९,१७,२२,०५९/- (अक्षरेपि उनासी करोड सत्र लाख बाइस हजार उनन्साठी रुपैयाँ मात्र) को १:१ को अनुपातमा रु. ७९,१७,२२,०५९/- (अक्षरेपि उनासी करोड सत्र लाख बाइस हजार उनन्साठी रुपैयाँ मात्र) बराबरको प्रति कित्ता रु. १००/- (अक्षरेपि एकसय मात्र) को ७९,१७,२२०.५९ (उनासी लाख सत्र हजार दुई सय बिस दशमलव पाँच नौ) कित्ता हकप्रद शेयर जारी गर्न स्वीकृति प्रदान गर्ने। साथै उक्त कार्यको लागि सम्बन्धित निकायबाट कुनै फेरबदल वा संशोधन गर्न निर्देशन दिएमा सोही बमोजिम फेरबदल वा संशोधन
- प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गरी पुँजी संरचना परिवर्तन गर्ने सम्बन्धमा ।
- वित्तीय संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा गरिएको संशोधनमा नियमनकारी निकायले फेरबदल गर्न निर्देशन दिएमा सोही अनुरुप आवश्यक संशोधन वा परिमार्जन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रत्यायोजन गर्ने सम्बन्धमा ।
ग) विविध
सञ्चालक समितिको आज्ञाले
(कम्पनी सचिव)
साधारणसभा सम्बन्धी अन्य जानकारी
- सत्रौं वार्षिक साधारणसभा सम्पन्न गर्ने प्रयोजनका लागि मिति २०७९/०३/११ गते वित्तीय संस्थाको सेयरधनी दर्ता किताब बन्द रहने छ । साथै मिति २०७९/०३/१० गतेसम्म नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा कारोबार भई प्रचलित कानून बमोजिम वित्तीय संस्थाको शेयर रजिष्ट्रार एनआईएमबि एस क्यापिटल लिमिटेडमा प्राप्त विवरणको आधारमा कायम सेयरधनीहरुले मात्र वार्षिक साधारणसभामा भाग लिन सक्नेछन् ।
- सम्पूर्ण सेयरधनी महानुभावहरुलाई यस लघुवित्त वित्तीय संस्थामा रहेको ठेगाना र ईमेलमा वित्तीय विवरण सहितको वार्षिक प्रतिवेदन पुस्तिका पठाईनेछ । साथै उक्त प्रतिवेदन संस्थाको वेबसाईट www.vlbs.com.np मा पनि हेर्न सकिनेछ । साथै उक्त विवरणहरु संस्थाको केन्द्रीय कार्यालय, धुलिखेल ०३, काभ्रेपलाञ्चोकमा पनि सेयरधनी महानुभावहरुले प्राप्त गर्न सक्नु हुनेछ ।
- साधारणसभामा भाग लिन ईच्छुक सेयरधनी महानुभावले व्यक्तिगत रुपमा पठाईएको सूचना तथा संलग्न प्रवेशपत्र साथै आफ्नो परिचय खुल्ने प्रमाण (जस्तैः नागरिकता प्रमाण पत्रको प्रतिलिपि वा सवारी साधन अनुमति पत्र वा आफ्नो परिचय खुल्ने अन्य कागजात) अनिवार्य साथमा लिई आउनु हुन अनुरोध छ ।
- साधारणसभामा भाग लिनको लागि प्रोक्सी (प्रतिनिधि) मुकर्रर गर्न चाहनेले संस्थाको केन्द्रीय कार्यालयमा साधारणसभा हुनु भन्दा ४८ घण्टा अघि दर्ता गराई सक्नुपर्नेछ । यसरी प्रोक्सी (प्रतिनिधि) नियुक्ति गरिएको व्यक्तिले जुन समूहको प्रोक्सी लिने हो, सोही समूहको सेयरधनी हुनुपर्नेछ ।
- एकै सेयरधनीले एकभन्दा बढी प्रतिनिधि (प्रोक्सी) नियुक्ति गर्नु भएको अवस्थामा मैले यस अघि दिएको सबै प्रतिनिधि (प्रोक्सी) बदर गरी यो प्रतिनिधि (प्रोक्सी) लाई मान्यता दिईयोस् भन्ने छुट्टै पत्र सहित प्रोक्सी फारम वित्तीय संस्थाको केन्द्रीय कार्यालयमा साधारणसभा शुरु हुनुभन्दा कम्तीमा ४८ घण्टा अगावै दर्ता गराएको अवस्थामा अघिल्लो प्रतिनिधिलाई स्वतः बदर भएको मानी पछिल्लो प्रतिनिधि (प्रोक्सी) लाई मान्यता दिईनेछ । तर यसो नगरी एक सेयरधनीले एकभन्दा बढी प्रोक्सी नियुक्ति गरिएको रहेछ भने पहिले दर्ता भएको प्रोक्सीले मान्यता पाउनेछ ।
- प्रोक्सी (प्रतिनिधि) नियुक्ति गरिसक्नु भएको सेयरधनी आफै सभामा उपस्थित भई हाजिरी किताबमा दस्तखत गर्नु पर्ने भएमा दिईएका प्रोक्सी स्वतः बदर हुनेछ ।
- साधारणसभामा भाग लिने प्रत्येक सेयरधनी महानुभावले सभा हुने स्थानमा उपस्थित भई त्यहाँ रहेको हाजिरी पुस्तिकामा दस्तखत गर्नुपर्नेछ । हाजिरी पुस्तिका बिहान ११:०० बजेदेखि खुल्ला हुनेछ ।
- संगठित संस्था सेयरधनी रहेकोमा प्रबन्धपत्र नियमावलीको अधिनमा रही उक्त संस्थाको आधिकारिक पदाधिकारीले खटाएको वा मनोनित गरेको प्रतिनिधिले सभामा भाग लिन पाउनेछ ।
- सेयरधनी महानुभावहरुलाई अध्यावधिक तथ्याङ्क, जानकारी तथा सूचना उपलब्ध गराउन सकियोस भन्ने दृष्टिकोणले संस्था सम्बन्धी कुनै जिज्ञासा भए विविध विषय अन्तर्गत त्यसको लिखित रुपमा साधारणसभा हुनु भन्दा ७ (सात) दिन पहिले नै यस वित्तीय संस्थाको केन्द्रीय कार्यालय, धुलिखेलमा पठाउन अनुरोध छ ।
- साधारणसभामा भाग लिन आउँदा जाँदाको कुनै पनि प्रकारको खर्चको शोधभर्ना वित्तीय संस्थाले उपलब्ध गराउने छैन ।
- बुँदा ४ र ५ उल्लेखित दिन सार्वजनिक बिदा परेमा समेत सो प्रयोजनको लागि वित्तीय संस्थाको केन्द्रीय कार्यालय, कार्यालय समयमा खुल्ला रहनेछ ।
- अन्य थप जानकारी चाहिएमा यस वित्तीय संस्थाको केन्द्रीय कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ ।




