ह्वाईट लोटस पावर लिमिटेडको
छैठौं वार्षिक साधारण सभा सम्बन्धी सूचना
प्रथम पटक प्रकाशित मिति २०८३/०६/२२
आदरणीय शेयरधनी महानुभावहरु,
यस कम्पनीको मिति २०८३।०६।१२ गतेको संचालक समितिको बैठकको निर्णय अनुसार कम्पनी ऐन, २०६३ को दफा ७६ बमोजिम कम्पनीको आ.व. २०८२/०८३ को वार्षिक साधारण सभा देहायको मिति, समय र स्थानमा देहायका विषयहरुमा छलफल तथा निर्णय गर्न बस्ने भएकोले उक्त वार्षिक साधारण सभामा सम्पूर्ण शेयरधनी महानुभावहरुलाई उपस्थित हुन अनुरोध गर्दछौं।
मिति : २०८३।०७।१३ (तदनुसार अक्टोबर ३०, २०२६) शुक्रबार
समय : दिनको ४:३० बजे।
स्थान : अलपट काठमाडौं ठमेल, काठमाडौं।
(क) सामान्य प्रस्ताव:
- आर्थिक वर्ष २०८२।०८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्ने सम्बन्धमा।
- लेखापरीक्षकको प्रतिवेदन सहित २०८३ आषाढ मसान्तसम्मको वासलात, आ.व. २०८२।०८३ को नाफा नोक्सान हिसाब खाता तथा नगद प्रवाह विवरण पारित गर्ने सम्बन्धमा।
- आ.व. २०८३।०८४ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा।
(ख) विविध
- आर्थिक वर्ष २०८२।०८३ मा कम्पनीद्वारा सम्पन्न तथा कार्यान्वयन गरिएका सम्झौताहरूका सम्बन्धमा जानकारी गराउने सम्बन्धमा।
- कम्पनीको सञ्चालक समितिबाट स्वीकृत विभिन्न आन्तरिक नीतिहरू जानकारी गराउने सम्बन्धमा।
- कम्पनीको प्रभावकारी तथा व्यवस्थित सञ्चालनका लागि सञ्चालक समितिबाट गठन गरिएका विभिन्न समितिहरू जानकारी गराउने सम्बन्धमा।
- आयोजना लागत (Project Cost) को अन्तिम हिसाब मिलान तथा टुङ्गो लगाइएको जानकारी गराउने सम्बन्धमा।
- कम्पनीद्वारा विभिन्न जलविद्युत आयोजना तथा सम्बन्धित कम्पनीहरूमा गरिएको लगानी तथा अग्रिम भुक्तानीको अद्यावधिक विवरण जानकारी गराउने सम्बन्धमा।
- कम्पनीको प्रारम्भिक सार्वजनिक निष्काशन (IPO) सम्बन्धी हालसम्मको प्रगति तथा अद्यावधिक विवरण जानकारी गराउने सम्बन्धमा।
- सञ्चालक समितिबाट स्वीकृत आर्थिक वर्ष २०८३/८४ को बजेट, अनुमानित आम्दानी, खर्च तथा नाफा सभालाई जानकारी गराउने सम्बन्धमा।
- विविध
संचालक समितिको आज्ञाले
कम्पनी सचिव



