तेस्रो त्रैमासको वित्तीय विवरण : RSDC को कस्तो आयो रिपोर्ट ?
Author
Dipesh Ghimire
कम्पनीहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गर्न थालेका छन् । विवरण प्रकाशित गर्नेमा आरएसडिसी लघुवित्त पहिलो भएको छ । कम्पनी तेस्रो त्रैमासमा कस्तो देखियो विवरण ?
खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढ्यो ।
९ महिनासम्ममा ११ करोड २१ लाख रुपैयाँ खुद नाफा भयो ।
गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३०.३४ प्रतिशत नाफा बढेको हो ।
खुद ब्याज आम्दानी १३.४८ प्रतिशत ले घट्यो ।
खुद फि तथा कमिशन आम्दानी ४८.०३ प्रतिशतले घट्यो ।
कुल सञ्चालन आम्दानी १६.०३ प्रतिशतले घट्यो ।
सञ्चालन मुनाफा ३०.३० प्रतिशतले बढ्यो ।
हाल प्रति शेयर आम्दानी १५ रुपैयाँ ८३ पैसा छ ।
शेयर आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २ रुपैयाँ ६४ पैसा बढी छ ।
वितरणयोग्य प्रतिशेयर आम्दानी १२ रुपैयाँ १७ पैसा छ ।
मूल्य आम्दानी अनुपात ३८.१ गुणा रहेको छ ।
प्रतिशेयर नेटवर्थ १२४ रुपेयाँ ६९ पैसा रहेको छ ।
चुक्ता पूँजी ९४ करोड ४३ लाख ।
जगेडा कोषमा २३ करोड ३१ लाख रुपैयाँ सञ्चित ।
६ अर्ब ५९ करोड रुपैयाँ कर्जा लगानी ।