·

सुन र चाँदीको मूल्य बढ्यो

Author

NEPSE TRADING

सुन  र  चाँदीको मूल्य बढ्यो

फागुन ११ गते सोमबार नेपाली बजारमा सुन र चाँदीको मूल्य निरन्तर बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ हजार २०० रुपैयाँले बढेर ३ लाख १३ हजार ५०० रुपैयाँ पुगेको छ। आइतबार सुन प्रतितोला ३ लाख १० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १७० रुपैयाँले बढेर ५ हजार ५९५ रुपैयाँ पुगेको छ, जुन आइतबार ५ हजार ४२५ रुपैयाँ थियो। अन्तर्राष्ट्रिय बजारको प्रभाव र बढ्दो मागका कारण बहुमूल्य धातुको मूल्य निरन्तर उकालो लागिरहेको देखिन्छ।

Related News