मनकामना स्मार्ट लघुवित्तका सेयरधनीले बोनस सेयरका लागि कर तिर्नुपर्ने
Author
NEPSE trading
मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडका सेयरधनीले १७ प्रतिशत बोनस सेयर पाउनका लागि पहिला कर तिर्नुपर्ने भएको छ। कम्पनीले २०७७-७८ को नाफाबाट वितरण गरिएको बोनस सेयरमा लाग्ने कर तिर्न सूचित गरेको छ।
सेयरधनीहरुले एनएमबि क्यापिटल सम्पर्क गरी करको रकम पत्ता लगाई एनएमबि बैंकमा रहेको मनकामना स्मार्ट लघुवित्तको खाता नम्बर ०७८००६६१२८३०००१२ मा रकम जम्मा गर्नुपर्नेछ। बोनस सेयरमा लाग्ने करको जानकारी एनएमबि क्यापिटलको वेबसाइटबाट पनि प्राप्त गर्न सकिन्छ।
कर जम्मा गरेपछि मात्र सेयरधनीको डिम्याट खातामा बोनस सेयर जम्मा हुनेछ। साविक स्मार्ट लघुवित्त र मनकामना लघुवित्त एकीकृत भई मनकामना स्मार्ट लघुवित्तको नाममा २०७७ साउन ११ गतेदेखि सञ्चालनमा आएका हुन्।
तत्पश्चात वा आइपीओबाट सेयर पाएका सेयरधनीहरुले पनि आफ्नो कर आफैं तिर्नुपर्नेछ। कर रकम तिरेको भौचर इमेल (manakamana.bonustax@gmail.com) मा पठाउन अनुरोध गरिएको छ।